टोकियो । रसुवाको भोटेकोसी बाढी पहिरो पीड़ितका राहत तथा उद्धारका लागि जापानका प्रतिष्ठित नेपाली कम्पनी डिपवे जापान प्रालिले ३६ लाख जापानी येन सहयोग प्रदान गरेको छ।
बाढी पहिरो पीड़ितका राहत तथा उद्धारका लागि जापानका प्रतिष्ठित नेपाली कम्पनी डिपवे ३६ लाख जापानी येन आर्थिक सहयोग प्रदान गरेको हो ।
कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार डिपवे जापान कम्पनीका तर्फबाट ३० लाख येन र कम्पनी परिवारका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख येन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा सहयोगको घोषणा गर्दै कम्पनीले बाढीपहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ।
विपत्तिबाट प्रभावित नागरिकलाई राहत पुर्याउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न सुवेदीले आग्रह गर्नु भएको छ।


