बिहिबार, असार ३२, २०८३

ग्लोबल मिडिया सम्मेलनमा स्माईल्सको मुख्य प्रायोजक, किन यति धेरै सहयोग गर्छ स्माईल्स

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गर्न लागेको FNJ Global Media Conference Japan 2026 लाई Smiles Mobile Remittance र Smiles Connect ले Main Event Partner मुख्य प्रायोजकका रूपमा सहयोग गरेको छ।
जापानमा पहिलो पटक हुन लागेको उक्त अन्तर्राष्ट्रिय मिडिया सम्मेलनमा विश्वका विभिन्न देशमा कार्यरत नेपाली पत्रकारहरूको सहभागिता रहनेछ। सम्मेलन सफल बनाउन स्माईल्सले मुख्य प्रायोजकका रूपमा साथ दिएको हो।

जापानको विभिन्न प्रान्तमा मनोरंजन, खेलकूद क्षेत्रमा सहयोग गर्दै आएको स्माईल्सले यही महिना ३ दिने नेपाल फेस्टिवललाई नी मुख्य प्रायोजक बनेर सहयोग गरेको छ ।

AI र Fintech मार्फत सामाजिक योगदान
सन् २०१४ मा Peaceful and Sustainable Global Society निर्माण गर्ने लक्ष्यका साथ स्थापना भएको Digital Wallet Corporation (Digital Wallet Group) ले सन् २०१७ मा जापानमै पहिलो पटक आफ्नै मोबाइलबाट सहज रूपमा रेमिट्यान्स पठाउन सकिने Smiles Mobile Remittance सेवा सञ्चालनमा ल्याएको थियो। त्यससँगै Smiles Connect मार्फत सिम सेवा पनि उपलब्ध गराउँदै आएको छ।

छोटो समयमै जापानी बजारमा लोकप्रिय बनेको Smiles ले विगत पाँच–छ वर्षदेखि जापानस्थित नेपाली समुदायका लागि आर्थिक, सामाजिक तथा भौतिक सहयोगलाई निरन्तरता दिँदै आएको छ। एनआरएनए जापान, नेपाली राजदूतावास तथा विभिन्न सामुदायिक संस्थासँग सहकार्य गर्दै नेपाली समुदायको हितका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको कम्पनीले जनाएको छ।

चार क्षेत्रमा केन्द्रित सहयोग
विदेशमा बसेर पनि नेपाली भाषा, संस्कृति, पहिचान र सामुदायिक एकतालाई मजबुत बनाउने उद्देश्यले Smiles ले विशेष गरी चार क्षेत्रमा सहयोग गर्दै आएको छ।

१. नेपाल फेस्टिभल तथा सामुदायिक कार्यक्रम
जापानका विभिन्न शहरमा आयोजना हुने नेपाल फेस्टिभल तथा विभिन्न संघ–संस्थाका सांस्कृतिक कार्यक्रममार्फत नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रवर्द्धन हुने भएकाले Smiles ले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

२. खेलकुद तथा स्वास्थ्य
फुटबल, भलिबल, फुटसल, क्रिकेट लगायतका खेलकुद प्रतियोगितामा सहयोग गर्दै स्वस्थ जीवनशैली, मानसिक सन्तुलन, सामाजिक एकता र आपसी सम्बन्धलाई थप मजबुत बनाउन योगदान दिइरहेको कम्पनीको भनाइ छ।

३. मनोरञ्जन
विदेशमा रहेका नेपालीलाई आफ्नै भाषा र संगीतसँग जोडिराख्ने उद्देश्यले Smiles ले हरेक वर्ष Smiles Music Tour आयोजना गर्दै आएको छ। यसमार्फत चर्चित नेपाली कलाकारहरूको प्रस्तुति जापानमा ल्याएर नेपाली समुदायलाई मनोरञ्जन प्रदान गरिँदै आएको छ।

४. सचेतना तथा शिक्षा
जापानको कानुन, नीति–नियम, सेवा–सुविधा, रोजगारी, करियर विकास तथा सामाजिक सचेतनासम्बन्धी तालिम, कार्यशाला र सम्मेलनहरूमा पनि Smiles ले सक्रिय सहयोग गर्दै आएको छ। यस्ता कार्यक्रमले नेपालीहरूको जापान बसाइलाई सहज र सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास कम्पनीको छ।

सहयोग रकम सेवाग्राहीकै विश्वासको प्रतिफल
स्माईल्सले आफूले विभिन्न कार्यक्रमहरूमा गर्ने सहयोग आफ्नै स्रोतबाट मात्र नभई आफ्ना सेवा प्रयोग गर्ने हजारौँ ग्राहकको विश्वास, मेहनत र पसिनाको कमाइबाट सम्भव भएको उल्लेख गर्दै आएको छ। त्यसैले सहयोग रकमको पारदर्शी र उद्देश्यअनुरूप सदुपयोग गर्न आयोजक संस्थाहरूलाई कम्पनीले सधैँ आग्रह गर्दै आएको जनाएको छ।

यसमा तपाईको प्रतिक्रिया