जगदिश थापा ,अब आउने नयाँ सरकारसँग जोडीयका आसा भरोसा र विश्वाश, निर्वाचन घोषणापत्र र अरु बेला जनतासामु देखाएको सपना कार्यान्वयनकै लागि आर्थिक विकासको खाका बनाउनु पर्यो,घोषणापत्रहरू हावादारी भनेर कार्यान्वयन हुँदैनन् भन्ने आलोचनाको जवाफ दिन पनि यसो गरिनु आवश्यक छ नत्र हावामा उड्ने छ्, विगत वर्षहरूमा सामाजिक क्षेत्रमा राम्रै प्रगति भए पनि मुलुकले पूर्वाधार निर्माणमा अपेक्षित गति लिन सकेन ।
अबको जोड यातायात, सञ्चार, विद्युत्, खानेपानी, पर्यटनसहितका पूर्वाधार निर्माणमा हुनुपर्छ । यसले रोजगारी सिर्जना,उच्च आर्थिक वृद्धिमा सहयोग गर्दैछ।उत्पादन ब्रिद्धी गर्न सक्ने गरि बाह्य व्यापार सन्तुलनको अवस्थातर्फ लैजाने गरी योजना बनाउन सक्नुपर्छ।नेपाली श्रम बजारमा वर्षेनि थपिने पाँच लाख र विदेशी श्रम बजारमा रहेका ४० लाखमध्येका पाँच लाखलाई स्वदेश भित्र्याएर प्रतिवर्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने गरी साना उध्योग र् कृषि लाई आधुनिककरण् नगरि त्यो सम्बभ हुँदैन।किनभने आधुनिकीकरण तथा यान्त्रीकरणमार्फत अहिलेकै जनशक्तिलाई कृषिबाट निकाल्नु छ । झन्डै ७०% नेपाली हामी कृषिमा आश्रित छौ तर देसको कुल आयमा खासै ठुलो योगदान छैन।त्यसैले विकल्प पूर्वाधार निर्माण हो।जसले अदक्ष अर्धदक्ष र दक्ष सबैलाई रोजगारी दिन्छ । विदेशमा सिकेको सीप, दक्ष जनशक्ति र शिक्षित बेरोजगारलाई पर्यटन क्षेत्र पनि अवसर हुनसक्छ ।
त्यसैले एक दसक भित्र ३० लाख पर्यटक बर्सेनी भित्र्याउन सके देसको आर्थिक अवस्था रोजगारी निर्माण हुन समय लाग्दैन् यस्को लागि पूर्वधार निर्माणमा सरकारले उच्च प्राथमिकता दिनु पर्दछ ।
