बिहिबार, बैशाख ०३, २०८३

गोल्बल होम्स नेटवर्क र हेम्जा एफसी जापानबिच ५ बर्षे सम्झौता

टोकियो,९ मंसिर । गोल्बल होम्स नेटवर्क नेपाली फुदोसान र हेम्जा एफसी जापानबिच जापानको ईतिहासमै पहिलो पटक नेपाली फूटबलमा नयाँ सम्झौता सम्पन भएको छ ।

शनिवार गोल्बल होम्स नेटवर्कको कार्यालयमा भएको सम्झौताले जापानमा रहेका पोखरा हेम्जा बासिहरूलार्इ संगठित गरि बिभिन्न कार्यक्रममा सहभागिता गराई आपसी भाइचारा बढाउने उद्धेष्यका साथ स्थापना भएको हेम्जा एफसि र गोल्बल होम नेटवर्कका संचालक तथा एनआरएनए जापानका उपाध्यक्ष शिव प्रसाद पौडेलबिच आगामी ५ बर्षसम्म हेमजा एफसिले योजना गर्ने कुनै पनि कार्यक्रम र सहभागितामा मुख्य प्रायोजन गर्ने गरि हेम्जा एफसिका अध्यक्ष इन्द्र थापा र प्रायोजक पौडेल बिच ५ बर्ष को सम्झौता सम्पन्न भयो ।