विजयसागर योन्जन्,
नेपालीहरुको महान पर्व दशा सुरु भईसकेको छ ,विशेष नेपाली हिन्दुधर्मलम्बीहरुको मुख्य पर्व विजया दशमीलाई बिजयाको खुशीयालिमा मानिने गरिन्छ ।तर नेपालकै गैरहिन्दुबादी समुदायहरु माझ अत्यन्तै चर्चा परिचर्चाको बिषय कतै दशैँ मनाउनु हुन्छ त कतै मनाउनु हुन्न ,कतै अहिन्दुबादीहरुको चाड म्हेनीड; हो , कतै हिन्दुहरुले बास्तविक चाडलाई दशैमा परीणत गरीएको , कतै रातो टिका , कतै सेतो टिका, कतैकालो टिका, कतै व्यक्तिगत बहिस्कार , कतै पूर्ण , अर्ध बहिस्कार रे वाह: गजब छ ।
२१ औं शताब्दीका महामानव लहरु हो म देशको सास्कृतिक इतिहास प्रति धेरै अनविज्ञ नै छु र केहि अध्ययन गरि बास्तबिकता के हो के रहेछ बुझ्ने कोसिस गरिरहेको छु र समग्रमा मलाई लाग्छ कि हाम्रो देश नेपाल बहु-जातीय , बहु-भाषीय बहु-धार्मिक , बहु-संस्कृतीले भरिएको देश आ – आफ्नै भाषा कला , धर्म सस्कृति रितिरिवाजले चलिरहेको देश ! अफसोच किन यति धेरै धार्मिक, सास्कृतिक रीतिरीवाज माथि यति धेरै तछाड मछाड ? हो हिजो को दिनमा ति पुर्खाले केहि जातीय , धार्मिक संस्कृती माथि शोषन , दमन , गरेको रहेछ र अझै छ पनि त्यसमा हामी अहिन्दुबादी समुदायले सकारात्मक शैली मार्फत आवाज उठाई खबरदारी गरौ न के एकोहोरो व्यक्तिगत बहिस्कार ,पूर्ण बाहीस्कार ,हिन्दुबादी मुर्दाबाद आदि जस्ता अपसब्दा हरुको प्रयोगले के , ति यावत् सम्पूर्ण समस्याको समाधान हुन सक्छ त ?मलाई लाग्छ पक्कै पनि हुदैन र हामीलाई थाह छकी बिस्वको कयौउ मुलुक जस्तै ; इराक , सिरिया जस्ता देशहरु यस्तै घटनाहरुले गर्दा धार्मिक ,सास्कृतिक युद्धले संकटग्रस्त भएको थियो र छ पनि र यस्तै घटनाक्रम निरन्तर भैरह्यो भने हाम्रो देश पनि, धार्मिक सास्कृतिक युद्धले तहसनहस नहोला भन्न सकिदैन तसर्थ ,मेरो राय यो छकी जबसम्म हामी कुनै एक जातीय , भाषीय सास्कृतिक,धार्मिक पक्षले ,अरु कुनै जातीय ,, भाषीय ,धार्मिक, सास्कृतिकप्रति एक अर्कामा सम्मान जनाउदैन तबसम्म यस्ता जातीय , धार्मिक , सास्कृतिक द्वन्द सदा रहिरन्छ र ठुलो धार्मिक , सास्कृतिक संकटको अवस्था सिर्जना हुनसक्छ तसर्थ ,यस्ता नकरात्मक क्रियाकलापहरुको बेलैमा नियन्त्रण गरि हाम्रो देश बहुजातीय बहुभाषीय , बहु सांकृतीकले सम्पन्न देश हो भनी बुझी सुन्दर शान्त सम्बृदी समाज को निर्माणमा जुटौ यहिनै हामीसबैको कल्याण हुनेछ ।
धन्यवाद्