सोमबार, जेठ २५, २०८३

टोकियोस्थित उएनो पार्कमा १० औं नेपाल फेस्टिवल

टोकियो,१० भदौ । जापानको राजधानी टोकियोस्थित उएनो पार्कमा आज शनिबारबाट सुरु छ ।
नेपालको कला संस्कृति सहित पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले आयोजना हुदै आएको नेपाल फेष्टिवल २०१७ आजवाट सुरु भएके हो ।
फेष्टिवल टोकियो उएनो पार्कमा आज शनिबारबाट सुरु भई भोली आइतवारसम्म चल्ने छ ।
अतिथि देवो भव भन्ने मुल नाराका साथ शनिबार अगष्ट २६ तारिक टोकियो उएनो पार्कमा बिहान १० बजेबाट सुरु भएके फेष्टिवलको उदघाटन जापानका परराष्ट्र मन्त्रालयका प्रमुख सहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष भवन भट्टले एकै साथ उदघाटन गरेका थिए ।

करिव तीन लाख जापानी तथा नपालीहरुको अवलोकन भ्रमण हुने लक्ष्य रहेको फेष्टिवलमा यस पटक नेपाल घर सहित नेपाल चिनाउने विभिन्न स्टलहरु सहितको सहभागितामा नेपाली खानाहरुको विशेष प्रर्दशन हुने छ। फेष्टिवलमा खाना तथा अन्य जानकारी सहितका ४ दर्जन भन्दा वढी स्टलहरु रहेको छ ।

यसैवीच नेपाल फेष्टिवल २०१७ लाई टोकियो प्रहरीले कडा निगरानी गर्ने भएको छ। नेपाल फेष्टिवल २०१७ मुल आयोजक समितिका संयोजक टासी लामा र आयोजक समिति एनआरएनए जापानका अध्यक्ष सुदन थापालाई विशेष समयमा भेटेर जापान प्रहरीले सुरक्षा व्यवस्था कढाई गरिएको जानकारी गराएको छ । शुक्रबार भएको भेटमा प्रहरी अधिकारीले फेष्टिवलमा कुनैपनि शंकास्पद गतिविधि भए कडाई गर्ने जानकारी दिएका छन । यसैवीच फेष्टिवल मुल आयोजक समितिले नेपाल र नेपालीहरुको प्रतिष्ठासंग जोडिएको फेष्टिवल सफल बनाउनका लागि कुनैपनि गलत कृयाकलाप नगर्न नगराउन अपिल गरेको छ ।