जापान । रास्वपाका सदस्य प्रतिनिधि सभा सदस्य दिपक बोहोरा तथा सांसद बसुमाया तामाङ संग अन्तक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
टोकियोको चौतारो हलमा आज आईतबार दीपक बोहोरा तथा बसुमाया तामाङ संग अन्तक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।प्रवास नेपाली सम्पर्क बिभाग जापानका प्रमुख दिपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा ऊपप्रमुख भोजेन्द्र सुबेदीको स्वागत तथा सहसचिब फणिन्द्र शर्माले सन्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रवासी नेपाली मन्चका कुलचन्द्र खरेल, एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने ,प्रवास नेपाली सम्पर्क बिभाग जापानका संस्थापक प्रमुख दिलेन्द्र प्रसाद जोशी, एनआरएनए अन्तराष्ट्रिय समन्वय परीषदका बरीष्ठ उपाध्यक्ष रोबिन शेरचन,नेपाली राजदुतावास जापानका कार्यवाहक राजदुत हरीहरकान्त पौडेल लगायतले मन्त्वय राख्नुभएको थियो ।
बन्द सत्रको कार्यक्रम निर्वाचन समितीका सयोंजक “प्रवास नेपाली सम्पर्क बिभाग जापानका उपप्रमुख भोजेन्द्र सुबेदीको अध्यक्षता, निर्वाचनको समितीको सदस्य रामु खरेलको स्वागत र निर्वाचन समिती सदस्य सचिब फणिन्द्र शर्मा सुबेदीको सन्चालनमा सम्पन्न भएको कार्यक्रमा प्रवास नेपाली सम्पर्क बिभाग जापानका प्रमुख दिपक कार्कि, प्रवक्ता अरमान गुरूङ सचिवालय सदस्य कमला काप्रिले कान्तो समितीलाई शुभकामना प्रदान गर्नुभएको थियो ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन समिती सयोंजक भोजेन्द्र सुबेदीले पद तथा गोपनियताको सपथ र अतिथि बसुमाया तामाङले निर्वाचित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रवास नेपाली सम्पर्क विभाग कान्तोको अध्यक्षमा विशाल बिके चयन
-प्रवास नेपाली सम्पर्क विभाग कान्तो क्षेत्रीय समितिको २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा विशाल बिके चयन भएका छन्। नयाँ कार्यसमितिमा उपाध्यक्षमा रमेशराज भट्ट, सचिवमा संगम बाबु अङ्गाई, कोषाध्यक्षमा सिजन लम्साल, प्रवक्तामा शिवहरी परियार तथा युवा संयोजकमा उदय गुरुङ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा सरिता कँडेल, प्रवीण जंग थापा, रमेश आचार्य (प्रवीण), विश्वप्रताप बुढा, ज्ञानु पौडेल चालिसे, सन्दीप सुवेदी, कुशल भण्डारी, विष्णु थापा, प्रेम शर्मा, टोपलाल गौतम, सञ्जय सहानी, निर्मल चन्द र गोपालप्रसाद कँडेल रहेका छन्।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै आगामी दुई वर्ष संगठनलाई अझ सशक्त, सक्रिय र प्रवासी नेपाली समुदायको हितमा प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

