आइतबार, असार २१, २०८३

टोकियोमा १५औं नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनएको अगुवाईमा नेपाली राजदूतावास जापान, एनआरएनए जापान, नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा हुने १५ औं नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ ।
टोकियोस्थित ओदाइबामा जुलाई १८, १९ र २० तारिख हुन लागेको तीन दिने नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा पुगेको हो ।
यस पटकको फेस्टिवललाई नेपाली समुदायभन्दा जापान घुम्न आएका हजारौं विदेशी पर्यटकसमक्ष नेपालको संस्कृति, पर्यटन, कला र सभ्यतालाई प्रत्यक्ष रूपमा परिचित गराउने महत्वपूर्ण अवसर हुने एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यले जानकारी दिनुभयो।

फेस्टिवलले मौलिक नेपाली संस्कृति, पर्यटन र राष्ट्रिय पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने, मौलिक परिकार, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, परम्परागत नृत्य, लोक संस्कृति, हस्तकला तथा ख्यातिप्राप्त कलाकारको सांगीतिक प्रस्तुति हुनेछ ।

फेस्टिवलबाट संकलित पैसा जापानमा निर्माण हुने नेपाल हाउस निर्माण अभियानमा लगानी गरिने र फेस्टिवलमा अनुमानित २ करोड जापानी येन लागत लाग्ने अनुमान गरिएको एनआरएनए जापान अध्यक्ष सुभाष लामिछानेले बताउनु भयो ।

नेपालको कला संस्कृतिको संरक्षण गर्दै बहुजातीय भेष भुषा,कला, संस्कृति जापानी समुदायमा परिचित गराउन नेपाल फेस्टिवल २०२६ मा चर्चित गायिका शान्ति श्री परिवार, गायक अर्जुन सापकोटाको विशेष उपस्थिति रहने जनाएको छ

यसमा तपाईको प्रतिक्रिया