टोकियो । विदेशी नागरिकहरूका लागि जापान प्रवेशको भिसा शुल्कमा भारी वृद्धि गर्ने निर्णय गरेको छ।
जापान सरकारले प्रधानमन्त्री सानाए ताकाइचीको उपस्थितिमा जुन १९ तारिखमा बसेको मन्त्रिपरिषद् बैठकले भिसा शुल्क बढाउने सम्बन्धी अध्यादेश परिमार्जन गरेको हो।
यो नयाँ नियम आगामी जुलाई १ तारिखदेखि आवेदन दिने विदेशीहरूका हकमा लागू हुनेछ। नयाँ व्यवस्था अनुसार एक पटक मात्र प्रवेश गर्न मिल्ने भिसाको शुल्क ३ हजार येनबाट बढेर १५ हजार येन पुग्नेछ।
त्यसैगरी, मल्टीपल प्रवेश गर्न मिल्ने भिसाको शुल्क ६ हजार येनबाट बढाएर ३० हजार येन बनाइएको छ। जापानले सन् १९७८ पछि पहिलो पटक यसरी भिसा शुल्क परिमार्जन गरेको हो।

