सोमबार, जेठ ११, २०८३

तामाङ समाज जापानको १०औं अधिवेशन सम्पन्न, अध्यक्षमा गिर बहादुर तामाङ

जापान । 法人नेपाल तामाङ समाज जापानको १०औं अधिवेशन सम्पन्न भएको छ । टोकियोमा आईतबार सम्पन्न अधिवेशनबाट गिर बहादुर तामाङको अध्यक्षमा नयाँ कार्य समिति चयन गरिएको छ ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तेज बहादुर थिङ चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षहरूमा ललिता तामाङ, अष्टमाया तामाङ, सुस्मा लामा वाइबा, कर्म दोङ तामाङ र नानी माया तामाङ चयन हुनुभएको छ।
महासचिवमा देवेन्द्र तामाङ चयन हुनुभएको छ भने ५ सचिवहरूमा मनिता मोक्तान, प्रकाश घ्लान, सागर पाख्रिन तामाङ, राजेन्द्र लामा र विशाल जिम्बा चयन हुनुभएको छ।
त्यस्तै कोषाध्यक्षमा लक्ष्मी वाइबा मोक्तान चयन हुनुभएको छ। सह-कोषाध्यक्षमा निरू तामाङ र रोनिश तामाङ चयन हुनुभएको छ।
कार्यसमितिका सदस्यहरूमा कुमार लामा, रोहन लुङ्बा, रविन लामा, मिलन लामा, सविन लामा, सुमित्रा तामाङ, निम बहादुर तामाङ, प्रसान तामाङ, विकास थिङ तामाङ, प्रज्वल घिसिङ, एकराज तामाङ र अर्जुन तामाङ चयन हुनुभएको छ।

कार्यक्रममा जापानमा रहेका तामाङ समुदायका विभिन्न व्यक्तित्व, सामाजिक अभियन्ता तथा प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । अधिवेशनले भाषा, भेषभूषा, कला, संस्कृति तथा समुदायको पहिचान संरक्षण र प्रवर्द्धनमा अझ सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नव निर्वाचित अध्यक्ष गिर बहादुर तामाङले समुदायलाई एकताबद्ध गर्दै संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले जापानमा रहेका तामाङ समुदायको हकहित, सांस्कृतिक संरक्षण तथा नयाँ पुस्तालाई समुदायसँग जोड्ने योजनामा प्राथमिकता दिने बताए ।

अधिवेशनले आगामी कार्यकालका लागि समुदायको एकता, सामाजिक सहयोग र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विभिन्न योजनासहित नयाँ नेतृत्वलाई जिम्मेवारी प्रदान गरेको छ ।

०औं अधिवेशन सम्पन्न भएको छ । टोकियोमा आईतबार सम्पन्न अधिवेशनबाट गिर बहादुर तामाङको अध्यक्षमा नयाँ कार्य समिति चयन गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया