शनिबार, जेठ ०२, २०८३

ब्लड बस संचालनको लागि जापानबाट ददिवल खड्काको अगुवाईमा आर्थिक संकलन गरिदै

जापान । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपालको दुर्गम क्षेत्रका लागि “ब्लड संकलन बस सेवा” सञ्चालन गर्ने उद्देश्य सहित आर्थिक संकलन अभियान सुरु गरिएको छ ।
मे ३०, ३१ तथा जुन १ तारिख नागोया जापानमा आयोजना हुने नेपाल फेस्टिवलमा उक्त अभियानलाई सहयोग जुटाइने संघका उपाध्यक्ष ददीवल खड़काको अगुवाईमा आर्थिक संकलन अभियान सुरु गरिएको हो ।

अभियानको मुख्य उद्देश्य नेपालको कर्णाली प्रदेश लगायतका दुर्गम जिल्लाहरूमा रगत अभावका कारण हुने मानवीय क्षति न्यूनीकरण गर्नु रहेको बताइएको छ । नेपालका ग्रामीण तथा विकट क्षेत्रमा समयमै रक्तसञ्चार सेवा उपलब्ध नहुँदा बिरामीहरूले ठूलो समस्या भोग्नुपरेको भन्दै त्यसलाई सहज बनाउन “ब्लड संकलन बस सेवा” सञ्चालनको योजना अघि सारिएको हो ।
नेपाली लगभग ७५ लाख लागत लाग्ने अत्याधुनिक सुविधासहितको बसमार्फत ग्रामिण क्षेत्रहरुमा पुगेर रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। यसले स्थानीय स्तरमै रक्त संकलन, सुरक्षित भण्डारण तथा आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमको नारा “सके रक्तदान गरौं, नसके रक्तदान र संकलनको पुण्य काममा दान गरौं” राखिएको छ। जापानमा रहेका नेपाली समुदाय, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थालाई अभियानमा सहयोग गर्न आह्वान गरिएको छ।

अभियान संयोजक तथा एनआरएनए आईसिसिका उपाध्यक्ष खड्काले मानव जीवन बचाउने उद्देश्यले सुरु गरिएको यस अभियानमा सबै नेपालीको साथ-सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया