शुक्रबार, जेठ ०१, २०८३

तामाङ समाज जापानको दशौं महाधिवेशन मे २४ तारिख टोकियोमा हुने

जापान । NPO法人नेपाल तामाङ समाज जापान केन्द्रीय कार्यसमितिको दशौं महाधिवेशन यही मे २४ तारिख आईतबार हुने भएको छ ।
प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म, परम्परा, संस्कार,संस्कृति भेषभुषा र पहिचानलाई संरक्षण, संवर्धन र जगेर्ना गर्ने उद्देश्यले २००९ मा स्थापना भएको संस्था नेपाल तामाङ समाज जापानको दशौं महाधिबेशन टोकियोमा हुन लागेको हो ।

नेपाल तामाङ समाज जापान  केन्द्रीय समितिको अध्यक्ष कर्साङ तामाङले जापानबसी सम्पूर्ण तामाङ आग्रज व्यक्तित्वहरु, बुद्धिजीवी, व्यवसायी, कलाकार, पत्रकार तथा विद्यार्थी वर्गहरुमा अनुरोध गर्नुभएको छ ।

NPO法人नेपाल तामाङ समाज जापानले महाधिशन मार्फत अगामी २ बर्षको लागि नयां कार्यसमिति चयन गर्नेछ। नयां कार्यसमितिमा रहेर समाजमा सक्रिय रहन ईच्छुक जापानवासी तामाङहरुमा उम्मेदारीको लागि अनुरोध गरेको छ ।

तामाङ समाज जापानका पूर्व अध्यक्ष हवलचन्द्र लामाको संयोजनमा निर्वाचन समिति बनाएर उम्मेदवारी दर्ताको लागि अपील गरेको छ ।

यस्तो छ बिभिन्न पदको लागि निर्धारण गरेको उम्मेद्वारी शुल्क

अध्यक्ष १ जना शुल्क ५०,००० येन
बरिष्ठ उपाध्यक्ष-१ जना शुल्क ४०,००० येन
उपाध्यक्ष-४ जना -उम्मेद्वारी शुल्क ३०,००० येन
महासचिव-१ जना -उम्मेद्वारी शुल्क ३०,००० येन
सचिव -३ जना उम्मेद्वारी शुल्क २०,००० येन
कोषाध्यक्ष-१ जना उम्मेद्वारी शुल्क २०,००० येन
सह-कोषाध्यक्ष- उम्मेद्वारी शुल्क १५,००”येन
विभागीय प्रमुख-१५,००० येन
सदस्य उम्मेद्वारी शुल्क १०,००० येन

बैक खाता नं 11380-03847111
トクヒ)ネパール タマン ソサイティ オブ ジャパン

यसमा तपाईको प्रतिक्रिया