शनिबार, बैशाख २६, २०८३

पत्रकार महासंघ जापान शाखाद्वारा नयाँ तथा नवीकरण सदस्यता आवेदन खुला

टोकियो । नेपाल पत्रकार महासंघ (एफएनजे) जापान शाखाले नयाँ तथा नवीकरण सदस्यता आवेदन खुला गरेको छ। शाखाको सन् २०२६ अप्रिल २६ तारिखमा बसेको कार्यसमिति, केन्द्रीय परिषद् सदस्य तथा सल्लाहकारहरूको संयुक्त बैठकले सदस्यता आवेदन खुला गर्ने निर्णय गरेको हो।
महासंघले इच्छुक पत्रकारहरूलाई आगामी जुन ३० तारिखभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ। शाखाका अनुसार यस वर्ष देखि पहिलो पटक सदस्यता आवेदन अनलाइन मार्फत भर्ने व्यवस्था गरेको छ।

जारी सूचनाअनुसार आवेदनका लागि परिचय पत्रको फोटो कपी सहित आवश्यक कागजात अपलोड गर्नु पर्ने छ। नयाँ सदस्यताको हकमा आवेदन फारममा उल्लेख गरिएका थप कागजात अनिवार्य रूपमा पेश गर्नु पर्ने महासंघले जनाएको छ।
महासंघले नयाँ तथा नवीकरण सदस्यता शुल्क पाँच हजार येन निर्धारण गरेको छ। आवेदन प्रक्रिया सम्बन्धी कुनै अन्योल वा जिज्ञासा भए सचिव अर्जुन लामिछाने तथा कोषाध्यक्ष भूलबहादुर राना (निशान) सँग सम्पर्क गर्न अनुरोध गरेको छ।

महासंघ जापान शाखाले जापानमा क्रियाशील नेपाली पत्रकारहरूलाई संस्थागत रूपमा आबद्ध गर्दै पत्रकारिताको व्यावसायिक विकास, सहकार्य तथा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

नयाँ सदस्यता फारमको लागि लिंक: https://fnjjapan.org/membership/new

सदस्यता नवीकरण फारमको लागि लिंक: https://fnjjapan.org/membership/renew

यसमा तपाईको प्रतिक्रिया