भवानी भट्ट, टोकियो । जापानमा रहेका नेपाली तथा अन्य विदेशी समुदायलाई लक्षित गर्दै नयाँ रेमिट्यान्स कम्पनी येहे रेमिटको औपचारिक रूपमा उद्घाटन गरिएको छ।
आज टोकियोको ब्यावसायिक क्षेत्र आकिहाबारामा आयोजित एक समारोहबीच उक्त रेमिटको औपचारिक रूपमा उद्घाटन गरिएको हो।
आधुनिक डिजिटल प्रविधिमार्फत छिटो, सुरक्षित र सहज रूपमा रकम पठाउने उद्देश्यसहित सञ्चालनमा आएको यो सेवाले जापानमा रहेका नेपाली समुदायमा नयाँ आशा थपेको छ।
टोकियोस्थित इंटरनेशनल एक्ट बिल्डिंग आकिहबारामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न देशका समुदाय प्रतिनिधि, पत्रकार, व्यवसायी, समाजसेवी तथा नेपाली समुदायका उल्लेख्य व्यक्तिहरूको सहभागिता रहेको थियो। समारोहमा नेपाली पुराहित पढ़ाएर र रिबन काटटी सेवासम्बन्धी प्रस्तुति, अन्तरक्रिया कार्यक्रम तथा विशेष अफरहरूको जानकारी समेत प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै रेमिट कम्पनीका कार्यकारी निर्देशक नबिन निउरेले विदेशमा रहेका आप्रवासीहरूको आवश्यकता र समस्यालाई केन्द्रमा राखेर सेवा सञ्चालन गरिएको बताए। उनले जापानमा रहेका नेपालीहरूले आफ्नो परिवारलाई रकम पठाउँदा भोग्दै आएका ढिलो प्रक्रिया, झन्झटपूर्ण प्रणाली तथा उच्च शुल्कजस्ता समस्यालाई समाधान गर्ने लक्ष्यसहित येहे रेमिट सुरु गरिएको उल्लेख गरे।
हाल जापानमा अध्ययन, रोजगारी तथा व्यवसाय गरिरहेका नेपालीहरूको संख्या निरन्तर बढिरहेको अवस्थामा भरपर्दो रेमिट्यान्स सेवाको आवश्यकता झन् बढ्दै गएको छ। विदेशमा बसेर कठिन मेहनत गर्ने नेपालीहरूका लागि आफ्नो कमाइ सुरक्षित रूपमा परिवारसम्म पुर्याउनु अत्यन्त संवेदनशील विषय बनेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै YeheyRemit ले विश्वास र सहजताको नयाँ यात्रा सुरु गरेको दाबी गरिएको छ।
रेमिट्यान्स क्षेत्रलाई अझ प्रभावकारी, सुरक्षित र समुदायमैत्री बनाउने लक्ष्यसहित भविष्यमा सेवा विस्तार गर्ने योजना रहेको आयोजक कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रममा अतिथिहरूले विदेशको कमाइलाई परिवारको खुसीसँग जोड्ने प्रयासस्वरूप सुरु भएको येहे रेमिटको आगामी यात्रा सफल रहोस् भन्ने शुभकामना समेत कार्यक्रममा व्यक्त गरिएको थियो।

