जापान । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) जापान तथा गोरखा समाज जापानको आयोजनामा “नेपाल–जापान सम्बन्ध र परदेशी नेपाली एकता” विषयक “महासंवाद २०२६” कार्यक्रम आयोजना हुने भएको छ।
उक्त कार्यक्रम २०२६ मे १० (आइतबार) का दिन बेलुका १८:०० देखि २१:०० बजेसम्म टोकियोस्थित 新宿文化センター (शिन्जुकु बुनका सेन्टर) मा सम्पन्न हुनेछ।
कार्यक्रममा नेपालका प्रतिष्ठित व्यक्तित्वहरू डा. मदन कुमार भट्टराई (पूर्व परराष्ट्र सचिव , पूर्व राजदूत तथा पूर्व राष्ट्रसंघीय प्रतिनिधि) र राजेन्द्र बानियाँ(सञ्चारकर्मी तथा कार्यक्रम निर्देशक, प्रधान सम्पादक–नेपाल लिड) विशेष वक्ताका रूपमा सहभागी भई नेपाल–जापान कूटनीतिक सम्बन्ध, प्रवासी नेपालीहरूको भूमिका, वर्तमान चुनौती तथा सम्भावनाका विषयमा आफ्ना धारणा राख्नुहुनेछ।
यस कार्यक्रममार्फत जापानमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी एकता, सहकार्य र राष्ट्रिय हितप्रतिको साझा जिम्मेवारीबारे सार्थक संवाद हुने अपेक्षा गरिएको छ।

