बुधबार, बैशाख २३, २०८३

प्रवास नेपाली विभाग जापानको शुभकामना आदानप्रदान तथा विविक्यू सम्पन्न

जापान । प्रवास नेपाली सम्पर्क विभाग जापानको आयोजनामा शुभकामना आदानप्रदान तथा बीबीक्यू कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जापानमा रहेका नेपाली समुदायका अग्रज, बुद्धिजीवी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न शाखा समितिबाट सहभागी प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।

चिबा प्रिफेक्चरको इचिकावा रिभर साईडमा मे ४ तारिख सम्पन्न कार्यक्रममा करिब ५ सय भन्दा बढी नेपालीहरुको सहभागिता रहेको बताइएको छ। सहभागीहरूले आपसी भेटघाट, शुभकामना आदान–प्रदान तथा सामूहिक छलफल मार्फत आपसी सम्बन्ध अझ सुदृढ बनाउने अवसर प्राप्त भएको प्रवास नेपाली सम्पर्क विभाग जापानका उपप्रमुख एवं कार्यक्रम संयोजक भोजेन्द्र सुवेदीले बताए।

प्रवास नेपाली सम्पर्क विभाग, जापानका दीपक कार्की केसीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा सहभागी हुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले संगठनलाई अझ मजबुत बनाउने, आपसी एकता, सहकार्य र समन्वयलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।आगामी दिनमा पनि जापानमा रहेका नेपाली समुदायले भोग्दै आएका समस्या तथा चुनौतीहरूको समाधानका लागि सबै एकजुट भएर अघि बढ्नु पर्नेमा उनको जोड थियो।

शुभकामना आदान(प्रदान कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख कार्कीको अध्यक्षता एवं विभागका संस्थापक प्रमुख तथा संरक्षक डिलेन्द्र प्रसाद जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रवास नेपाली सम्पर्क विभाग जापानका सह( सचिव फणिन्द्र सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए आईसिसि निवर्तमान अध्यक्ष महेश श्रेष्ठ, एनआरएनए आईसिसि वरिष्ठ उपाध्यक्ष रोविन शेरचन, एनआरएनए आईसिसि सचिव शिवप्रसाद पौडेल प्रवास नेपाली सम्पर्क विभाग जापानका सल्लाकार केशव अधिकारी , वाग्लुङ्ग समाज जापानका अध्यक्ष गुरू प्रसाद सापकोटा ,जनजाति महासघं जापानका कार्यवाहक अध्यक्ष बुद्धि गौचन ,जन प्रगतीशिल मञ्च जापानका पूर्व अध्यक्ष हवल चन्द्र लामा, एभरेष्ट ईन्टरनेसनल स्कुलका कार्यकारी प्रमुख दिपक सुबेदी लगाएतले मन्तव्य राखेका थिए।

प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रवक्ता अर्मन गुरुङ्गले कार्यक्रमको सहजिकरण गरेका थिए भने रास्वपालाई ठूलो पार्टी बनाउन प्रत्येक्ष, अप्रत्येक्ष सहयोग गर्नेहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो। रास्वपालाई ठूलो पार्टी बनाउन विदेशमा रहेर आफ्नो पसिना बगाई रहेका नेपालीहरुको अतुलनिय योगदान रहेको प्रवास नेपाली सम्पर्क विभाग जापानका सचिव कविकिरण न्यौपानेले बताए।

यसमा तपाईको प्रतिक्रिया