सोमबार, बैशाख ०७, २०८३

जापानमा प्रथम नवलपरासी तिज धमाका हुँदै

चन्द्र खनाल,टोकियो,३१ साउन । नवलपरासीको कावासोतीमा बहिरा बिधालय संचालनमा सहयोगार्थ नेपाली नारीहरुको महान चार्ड हरितालिका तिजको अबसरमा नवलपरासी समाज जापानले प्रथम नवलपरासी तिज धमाका कार्यक्रमको आयोजना गर्ने भएको छ ।  कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुमा चर्चित गायक रमेश राज भट्टराई ,लोक गायिका पुर्णकला बिसिको बिषेश प्रस्तुति रहने छ।

अगस्त २१ तारिकको दिन टोकियोको इकेगामीमा हुने ऊक्त कार्यक्रममा प्रवासमा रहेर नेपाली लोक संगित क्षेत्रमा निरन्तर लागीपरेका कलाकारहरु गायक सुर्य खड्का ,माधव सिग्देलको बेजोड प्रस्तुति रहने छ।

जापानमा यस बर्ष धेरै नाम चलेका कलाकारहरुको भिषामा समस्या आएका कारण धेरै कार्यक्रमहरु अन्योल स्थिति हुदा पनि नवलपरासी समाजले आयोजना गरेको कार्यक्रमलाई भने कुनै प्रभाव नपरेको र कलाकारको भिषा टीकट सबै ब्य्बस्था भैसकेको कलाकारहरु १६ तारीक जापान आईपुग्ने र कार्यक्रमको अन्य आवस्यक तयारी ७० % पुरा भएको आयोजक समितिका सदस्य सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

मनोरञ्जन सगै सामाजिक क्षेत्रमा सहयोग गर्ने उदेष्यले नवलपरासी समाज जापानले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम रहेको आयोजक समितिका सयोजक कृष्ण अधिकारीले जानकारी गराउनुभयो ।

 

टोकियोमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई कार्यक्रम उपस्थित भई नेपालबाट आमन्त्रित तथा जापानमै रहनु भएका कलाकारहरु सँग नाचगान गरि भरपुर मनोरंजन लिन र कार्यक्रम सफल पारिदिन आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।