बुधबार, चैत १८, २०८२

टोकियोमा पत्रकार महासंघको ७१ औँ स्थापना दिवस मनायो

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा रहेका पत्रकारहरूसँग टोकियोमा नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवस आज मनाएको छ। जापान शाखाका संस्थापक अध्यक्ष तथा सल्लाहकार तिलक मल्ल, निवर्तमान अध्यक्ष तथा सल्लाहकार शान्त पहरी, अध्यक्ष रविन्द्र गोर्खाली, कार्यसमिति पदाधिकारी तथा सदस्यहरू तथा जापानमा क्रियाशील पत्रकारहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा पत्रकारिताको अवस्था, प्रवासी मिडियाको भूमिका र चुनौती बारे छलफल गर्दै पत्रकारिताको मूल्य र पेशागत एकता सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यसमा तपाईको प्रतिक्रिया