आइतबार, चैत १५, २०८२

जापानमा कुन प्रिफेक्चरमा कति नेपाली?

जापानमा हालै गठन भएको नयाँ सरकारले डेटा(आधारित नीति निर्माण तथा कार्यान्वयनलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको छ। यस सन्दर्भमा विदेशमा रहेका नेपालीहरूको वास्तविक अवस्था बुझ्नु थप महत्वपूर्ण बनेको छ।
विशेष गरी, विदेशमा रहेका नेपालीलाई मतदानको अवसर प्रदान गर्ने विषयमा चर्चा बढिरहेका बेला, त्यसलाई प्रभावकारी बनाउन यस्ता तथ्यांक अपरिहार्य मानिएको छ।
जापानमा बसोबास गर्ने नेपालीहरूको भौगोलिक वितरण केवल संख्या मात्र नभई, समुदायको वास्तविक अवस्था, आवश्यकताहरू र सम्भावनाको संकेत पनि हो।
नीति निर्माण, दूतावासबाट प्रदान गरिने कन्सुलर सेवा, व्यवसायिक अवसरको विस्तार, विपद् व्यवस्थापन तथा समुदाय सशक्तीकरणका लागि यस्ता डेटा अत्यन्त आवश्यक हुने देखिएको छ।
त्यसैले सम्बन्धित तथ्यांक सुरक्षित रूपमा राख्न र आवश्यक परे प्रयोग गर्न आग्रह गरिएको छ।
जिज्ञान कुमार थापाको वालबाट

यसमा तपाईको प्रतिक्रिया