शनिबार, बैशाख ०५, २०८३

गोरखा समाज जापानको तेश्रो अधिवेशनबाट अध्यक्षमा ढकाल चयन

टोकियो । गोरखा समाज जापानको तेश्रो अधिवेशनबाट अध्यक्षमा अर्जुन ढकाल निर्विरोध निर्वाचित भएका छन् । टोकियोस्थित मुसासिनो प्यालेसमा भएको समाजको तेस्रो अधिवेशनले ढकाल नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा सोमबहादुर ढकाल क्षेत्री, रमेश गिरी, खेम गुरुङ, ऋषिराम ढकाल, चयन भएका छन् भने महासचिवमा सुनिल देवकोटा,सचिवमा सुजन पन्त र सोमान गुरुङ, कोषाध्यक्षमा सिमा गुरुङ र सह कोषाध्यक्षमा पुजा गुरुङ रहेका छन् ।

यसै गरी सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल, पवन पन्त, सबिन मरहट्टा, रेजिना गुरुङ, विनोद सापकोटा र योगेश गायक रहेका छन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानका अध्यक्ष सुभास लामिछानेको उपस्थित थिए ।
कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’, एनआरएनए जापानका उपाध्यक्ष मुक्तिराम खनाल, जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठ, निर्वाचन समिति संयोजक भूपालमान श्रेष्ठ, गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङ लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा जापानी नागरिक हारुहितो नोजुसहित विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।