शनिबार, माघ १८, २०८२

जापानबाट एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रोबिन शेरचन

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन्।

एनआरएनए आईसीसीको आगामी १२औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन्।

लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमि बनाएर एनआरएनए अभियानमा सक्रिय शेरचनले संघभित्रको एकतालाई सुदृढ बनाउने र सबै गैरआवासीय नेपालीले अपनत्व महसुस गर्ने संस्था निर्माण गर्ने मुख्य एजेन्डासहित नेतृत्वको दावेदारी प्रस्तुत गर्न लागेका हुन्।
शेरचनले आगामी आइतबार (सन् २०२६ फेब्रुअरी १) जापानको टोकियोस्थित ‘बातुर टोकियो’ मा एक विशेष कार्यक्रम आयोजना गरी औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्।

विगत १५ वर्षदेखि संघमा क्रियाशील शेरचनले ११औं महाधिवेशनमा देखिएका प्राविधिक त्रुटि र तिक्तताबाट पाठ सिक्दै ‘एक मन–एक संगठन’ को भावना अनुरूप संस्थालाई अघि बढाउने संकल्प लिएका छन्।

आफ्नो उम्मेदवारी घोषणासँगै शेरचनले संघलाई रूपान्तरण गर्न विभिन्न प्रतिबद्धताहरू अघि सार्ने जनाएका छन्। जसमा ‘दरिलो एकता’, ‘समानता, नागरिकता र मताधिकारको सुनिश्चितता’, ‘मर्यादित वैदेशिक रोजगार’, ‘साना-ठुला लगानीको प्रोत्साहन’ तथा ‘संस्थागत पुनर्संरचना, पारदर्शिता र जवाफदेहिता’ जस्ता विषयहरू प्रमुख रहेका छन्। उनले संविधान प्रदत्त गैरआवासीय नेपाली नागरिकताको व्यावहारिक कार्यान्वयन, सर्वोच्च अदालतको आदेश बमोजिम प्रवासमा रहेका नेपालीको मताधिकार र भूतपूर्व गोर्खाहरूको अधिकारका लागि लड्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
आगामी मार्च १३, १४ र १५ (२०८२ फागुन २९, ३० र चैत १) गते काठमाडौँमा हुने १२औँ महाधिवेशन हुँदैछ ।

यसमा तपाईको प्रतिक्रिया