मङ्गलबार, माघ १४, २०८२

तमुधीं जापानमा अमर गुरुङको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्यसमिति गठन

खडगसिंह गुरुङ, टोकियो । तमुधीं जापानको २१ औँ अधिवेशनबाट अमर गुरुङको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
निर्वाचन समितिका संयोजक ओम गुरुङले नवनिर्वाचित समितिलाई तमुधींको विघान अनुसार आईतबार एक समारोहका बिच सपथ ग्रहण गराएका हुन् ।

तमुधींको नवनिर्वाचित कार्यसमिको -अध्यक्षमा अमर गुरुङ, उपाध्यक्षहरुमा प्रविन गुरुङ, दिनेश गुरुङ, मिथुन गुरुङ, दिनु गुरुङ, र शर्मिला गुरुङ रहेका छन । महासचिवमा भरत गुरुङ र कोषध्यक्षमा सुनिता गुरुङलाई निर्वाचित गरेको छ । त्यस्तै सचिवमा आयशा गुरुङ सचिवमा हरि गुरुङ, सहकोषाध्यक्ष केवल गुरुङ युवा संयोजक अशोक गुरुङ, सांस्कृतिक संयोजक पूजा गुरुङ सह सांस्कृतिक संयोजक रुपेश गुरुङ खेलकुद संयोजक ज्याक गुरुङ सह खेलकुद संयोजक विकास गुरुङ, महिला संयोजक निकुन गुरुङ सह महिला संयोजक नुनिला गुरुङ प्राविधिक संयोजक सन्तोष गुरुङ प्रचार प्रसार संयोजक प्रमोद गुरुङ रहेका छनभने सदस्यमा श्रवण कुमार गुरुङ लामा , दिपेश दीप काजी गुरुङ, खुसी गुरुङ,प्रीति गुरुङ निरज गुरुङ, राम लामा गुरुङ,बुद्ध गुरुङ, निर्वाचित भएको निर्वाचन समितिका सदस्य हर्क गुरुङले जानकारी दिए।

सपथ ग्रहण समारोहमा निर्वातमान अध्यक्ष हिमाली गुरुङ, आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष श्री गुरुङ, सल्लाहकार मोहन घले, सल्लाहकार युक्तमान गुरुङले शुभकामना ब्यक्त गरेका थिए । शपथ ग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष अमर गुरुङले आफ्ना योजनाहरु सहित तमुधीं लाई एकताबद्द बनाउदै गुरुङहरुको साझा संस्था बनाउने बताए।
अध्यक्ष गुरुङले तमुधीं जापानको क्षेत्रिय समितिहरु फुकुओका, नागोया र किताकान्तो अझ प्रभावकारी र शसक्त बनाउदै अगाडी बढ्ने एवं क्षेत्रहरुलाई केन्द्रसगं समन्वय गर्न विशेष योजना रहेको जानकारी दिए।

निर्वाचन समितिका संयोजक ओम गुरुङको सभापतिमा सम्पन्न भएको शपथ ग्रहण कार्यक्रमको संचालन हर्क गुरुङले गरेका थिए।

यसमा तपाईको प्रतिक्रिया