टोकियो । गुरुङ समाज जापानले दोस्रो तमु ल्होछार २०२६ को अवसरमा दोस्रो तमु ल्होसार भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा तमु ल्होछारको अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै गुरुङ समुदायको मौलिक संस्कृति झल्किने नृत्य, भेषभूषा र प्रस्तुतीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
उल्लेखनीय जनसहभागिता र उत्साहपूर्ण वातावरणबीच कार्यक्रम सम्पन्न भएको थियो । गुरुङ समाज जापानका युवराज गुरुङको अध्यक्षतामा एनआएनए आईसीसी उपाभ्याक्ष रोविन शेरचनको प्रमुख आतिथ्यतामा औपचारिक कायृक्रम भएको थियो ।
जापानमा रहेका गुरुङ समुदायबीच एकता, आपसी सद्भाव तथा मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अभ्यक्ष गुरुङले बताउनुभयो।
कार्यक्रममा जापानस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। तमु ल्होसार कार्यक्रम सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न भएको थियो।
तमु ल्होसार कार्यक्रमको अवसरमा दुइ पत्रकारलाई सम्मान
जापानमा क्रियाशील नेपाली पत्रकार शान्त पहरी र फुर्बा शेर्पालाई सम्मान गरेको छ। शुक्रबार टोकियोमा सम्पन्न कार्यक्रममा पत्रकारितामार्फत जापानस्थित नेपाली समुदायमा पुर्याएको योगदानको कदर स्वरूप उहाँहरूलाई सम्मान गरिएको हो।
सम्मानित पत्रकार पहरी नेपाल पत्रकार महासंघ जापान शाखाका निवर्तमान अध्यक्ष तथा मातृसन्देश डट कमका प्रधान सम्पादक हुनुहुन्छ। त्यस्तै, फुर्बा शेर्पा आफ्नै न्युज डट कमका प्रधान सम्पादक हुनुका साथै नेपाल पत्रकार महासंघ जापान शाखाका सह–सचिव हुनुहुन्छ।
पत्रकारिता मार्फत प्रवासी नेपाली समुदायको हक–हित, आवाज र गतिविधिलाई निरन्तर उजागर गर्दै आएको योगदानको कदरस्वरूप पहरी र शेर्पा लाई उक्त सम्मान प्रदान गरिएको हो। गुरुङ समुदायको मौलिक पर्व तमु ल्होसारको अवसरमा आयोजित विशेष कार्यक्रममा गुरुङ समाज जापानले प्रवासमा नेपाली समुदायलाई जोड्न र सूचनाको सेतुका रूपमा पत्रकारिताले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको जनाएको छ।
गुरुङ समाज जापान स्थापना काल देखि समाजलाई पर्याएको योगदानको कदर गर्दै चित्र गुरुङलाई समेत सम्मान गरेको थियो ।




