टोकियो। जापानमा रहेका बागलुंगको बिहुँकोटवासी सामाजिक संस्था बिहुँकोट समाज जापानको १० औँ अधिवेशन तथा १९ औँ साधारण सभा टोकियोमा सम्पन्न भएको छ।
टोकियोको कामातास्थित चौतारो रेस्टुरेन्टको सभा हलमा डिसेम्बर ३१ तारिख सम्पन्न अधिवेशनले टिकाराम कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
बिहुकोट समाज जापानको १९औँ साधारण सभा तथा १०औँ अधिवेशनलाई सफल पार्न कार्यक्रममा प्रमुख अतिथि अमर मावि बिहुकोटका निवर्तमान प्रधानाध्यापक हरि प्रसाद कँडेल, विशिष्ट अतिथि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष रोबिन शेरचन, एनआरएन जापानका अध्यक्ष सुवास लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले शुभकामना ब्यक्त गनु भएको थियो ।
बिहुकोट समाज जापानको १९औँ साधारण सभा तथा १०औँ अधिवेशन अबसरमा बिहुकोट समाज जापानको स्थापनाकालदेखि निरन्तर योगदान पुर्याउँदै आउनु भएका पूर्वअध्यक्ष गोपाल शर्मा अशोक,विशिष्ट परिषद् सदस्य इन्द्रलाल सुवेदीलाई यस कार्यकालमा विशेष सम्मान गरेको छ ।
नेपाली साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएको अनेशास अन्तर्राष्ट्रिय समितिका सचिव तथा एनआरएन जापानका प्रवक्ता रबिन शर्मा, नेपाली लोकसंगीत क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएको लोकदोहोरी प्रतिष्ठान जापानका पूर्वअध्यक्ष तथा लोकगायक सूर्य खड्का, नेपाली पत्रकारितामा गुणस्तरीय र अनुकरणीय काम गर्नु भएका मातृसन्देश डट कमका प्रधानसम्पादक शान्त पहरी र नेपाल न्यूज पोस्टका प्रधानसम्पादक राजन गौतम, जापानस्थित नेपाली समुदायको आर्थिक, नैतिक र सामाजिक नेतृत्व प्रदान गर्दै आउनुभएका एनआरएन अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष रोबिन शेरचन सम्मान गरेको हो ।
समाजका अध्यक्ष दीपक कँडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाको प्रगती प्रतिवेदन तथा आर्थिक परिवेदन पेश तथा अनुमोदन पनि गरिएको थियो। प्रस्तुत प्रतिवेदनका अनुसार संस्थागत कार्य सम्पन्न गरेको २ वर्षे कार्यकालमा २ करोड ८६ लाख ७० हजार ४ सय ८ येन कुल आम्दानी गरि,१ करोड ९३ लाख ८ हजार ७ सय खर्च गरिएको थियो भने, ९३ लाख ६१ हजार ८ सय ९ येन बचत भएको थियो। कान्तो क्षेत्रीय समितिलाई ६ लाख ४ हजार ५ सय ११ येन प्रदान गरि ८७ लाख ५७ हजार २ सय ९७ येन कुल बचत भएको छ।
आगामी २ वर्षका लागि टिकाराम कँडेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिती चयन गरिएको छ। कार्यसमितिको ३ उपाध्यक्ष घन्श्याम कँडेल अर्जुन, प्रेम प्रसाद कँडेल, नारायण प्रसाद कँडेल, महासचिवमा बलबहादुर कँडेल छेत्री,सचिवमा अर्जुन कँडेल पुष्प, राजेन्द्र कँडेल, कोषाध्यक्षमा खिमा नन्द कँडेल,सह–कोषाध्यक्षमा आनन्द प्रसाद कँडेल,सदस्यस् मुना कँडेल, जुना कँडेल, तिलक कँडेल चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले आपसी सद्भाव, सहयोग, सामाजिक एकता, आपसी सहकार्य, पारदर्शिता र सक्रिय सहभागितामार्फत समाजलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

