जापान । गैरआवासीय नेपाली संघ जापानले टोकियोमा आयोजना गरेको टोकियो सप्ताहमा ११ करोड कबोल संकलन भएको छ ।
टोकियोमा शनिवार आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा आर्थिक संयोजक मुक्तिराज रेग्मिले सप्ताहमा ११ करोड २ लाख ६४ हजार ६ सय ६५ संकलन भएको जानकारी दिनुभयो ।
सप्ताहमा बोल कबोल भएको अधिकांश रकम उठ्न बाँकी रहेको छ । सप्ताहमा १ करोड ९५ लाख ९४ हजार ९ सय ९७ मात्र नगद संकलन भएको छ । आर्थिक संयोजक रेग्मिले दिएको जानकारी अनुसार ९ करोड ३८ लाख ९७ हजार ७७ रुपैया रकम संकलन हुन बाँकि रहेको छ ।
टोकियो सप्ताह २०२५ सम्पन्न गर्नका लागि विभिन्न शिर्षकमा १ करोड ६३ लाख ६७ हजार ५ सय ८८ खर्च भएको बताईएको छ ।
टोकियोमा ‘सम्पन्न टोकियो सप्ताह २०२५’ आम्दानी खर्च यहाँ क्लिक गरेर हेर्नु होला ।

