सोमबार, मङि्सर २३, २०८२

गल्कोट स्पोर्ट्स क्लब टोकियोको छैटौं अधिवेशन डिसेम्बर ९ मा हुने

टोकियो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल”भन्ने मूल नारासहित २०१५ सालमा स्थापित गल्कोट स्पोर्ट्स क्लब टोकियोले आफ्नो छैटौं अधिवेशन आगामी डिसेम्बर ९ तारिख ओकुबो स्थित सोलमारी मुरा हलमा आयोजना गर्ने भएको छ। स्थापना भएदेखि नै खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र समुदायिक एकताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको क्लब अहिले टोकियोमा रहेका गल्कोटवासी तथा खेलप्रेमी नेपालीहरूको साझा मंचको रूपमा सक्रिय छ।

क्लबका अध्यक्ष दुर्गा बहादुर खत्रीका अनुसार आगामी अधिवेशनले क्लबलाई नयाँ दिशानिर्देश र रणनीति तय गर्ने महत्वपूर्ण अवसर भएको बताउँदै भने छैठौँ अधिवेशनले हामीलाई अझ सक्षम, संगठित र लक्ष्य–केन्द्रित बनाएर अगाडि बढ्न प्रेरित गर्नेछ। सबै सदस्य र शुभेच्छुकहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रण गर्दछु।

महासचिव दिनेश थापाका अनुसार क्लबका गतिविधि र आगामी योजनाबारे जानकारी गराउदै भने भलिबल प्रतियोगिता र भलिबल खेलाडी केन्द्रित कार्यक्रमलाई विशेष रूपमा संस्थाले स्थापना कालदेखि नै मुख्य प्राथमिकता राख्दै १० औ सिल्वर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता समेत सम्मपन्न गरेको बताए। संस्थाले खेलमार्फत युवाहरूबीच स्वस्थ प्रतिस्पर्धा, मैत्रीपूर्ण सम्बन्ध र समुदायिक एकता वृद्धि हुनु हाम्रो प्रमुख लक्ष्य हो। यस वर्षको अधिवेशनले भलिबल प्रतियोगितालाई अझ व्यवस्थित, आकर्षक र सहभागीमैत्री बनाउने दिगो योजना ल्याउनेछ। उनले थपे हामी खेलमार्फत स्वस्थ जीवनशैली, खेलप्रेमी युवा नेतृत्व तथा समुदायमा सकारात्मक वातावरण निर्माण गर्न निरन्तर प्रतिबद्ध छौ।

अधिवेशनको निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन क्लबका संरक्षक लक्ष्मण कार्कीलाई निर्वाचन संयोजकको जिम्मेवारी दिइएको छ। उनले भने,
सबै प्रक्रिया नियम, शिष्टाचार र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढाइनेछ। सबै सदस्यको सुझाव र सहभागिता महत्त्वपूर्ण हुनेछ। सबै सदस्य तथा यस संस्था भित्र रहेर कार्यसम्पादन गर्न चाहने जो कोहि टोकियो बासी गलकोटेहरुलाई नियमअनुसार र सकारात्मक भावनासहित सहभागी हुन आग्रह समेत गरेका छन्।

समुदाय र खेलकुदप्रति महत्वपूर्ण योगदान पुर्‍याउने सदस्य तथा विशिष्ठ व्यक्तिहरुलाई यसपटक विशेष सम्मानसमेत प्रदान गर्ने क्लबले जानकारी दिएको छ। क्लबले ऊहाहरुको निरन्तर समर्पण, योगदान र नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै टोकियो क्षेत्रका स्थानीय नेपाली समुदाय तथा गल्कोटवासीहरूको उल्लेखनीय उपस्थितिमा अधिवेशन भव्य रूपमा सम्पन्न हुने क्लबले विश्वास व्यक्त गरेको छ।

यसमा तपाईको प्रतिक्रिया