सोमबार, मङि्सर २३, २०८२

दोहोरीगित प्रतिष्ठान जापानको अधिवेशन ३० तारिख हुने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जापान शाखाको चौथो अधिवेसन नोभेम्वर ३० तारिख हुने भएको छ । जापानको टोकियोमा नोभेम्वर ३० तारिख आईतवार सम्पन्न हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताईएको छ ।
हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभालाई प्रोत्साह भन्ने मुल नाराका अधिवेशनका साथै सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ ।
अधिवेशनले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जापान शाखाको आगामि ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।