शुक्रबार, कार्तिक २२, २०८२

पत्रकार महासंघ जापानको छैटौँ अधिवेशनको तयारी तिव्र, अक्षयकोष निर्माण हुने

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको आसन्न छैटौँ अधिवेशनको तयारी तिव्र पारिएको छ । पत्रकार महासंघ जापान शाखाको आईतावार सम्पन्न बैठकले अधिवेशन सञ्चालन, प्रमुख अतिथि, सहभागिता शुल्क तथा उमेदवारी शुल्क र निर्वाचन समिति, पत्रकार अक्षयकोष निर्माण लगायतका विभिन्न निर्णय गरेको छ । नयाँ कार्यसमिति चयन गर्न जापानको टोकियोमा नोभेम्बर २३ तारिख आईतवार हुने अधिवेशनको तयारी तिव्र पारेको महासंघ जापान शाखा अध्यक्ष शान्त पहरी जानकारी दिनुभयो ।

नयाँ कार्यसमिति चयन गर्न जापानको टोकियोमा नोभेम्बर २३ तारिख आईतवार हुने अधिवेशनको तयारी तिव्र परेको अधिवेशनबाट सर्व सम्मत कार्य समिति चयन गर्नका लागि आवश्यक पहल गर्न संस्थापक अध्यक्ष तिलक मल्ल संयोजक, निवर्तमान अध्यक्ष मोहन घले, अध्यक्ष शान्त पहरी र खगराज गौतमलाई जिम्मा दिने निर्णय गरेको छ ।
साथै बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि संयोजक खगराज गौतम तथा पूर्ण चलाउने र खड्क सिंह गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया