शुक्रबार, कार्तिक २२, २०८२

जापानमा नेपाली युवा हत्या प्रकरण: प्रेमीसंगै मर्न चाहेको युवतिको बयान

टोकियो । जापानमा नेपाली युवा हत्या प्रकरण पक्राउ परेकी जापानी युवतीले प्रेमीसंगै मर्न चाहेको बयान दिएकी छन् ।
चिबाको फुनाबाशी शहरको एक होटलमा २१ वर्षीय नेपाली युवा बादल छन्त्यालको हत्या गरेको आरोपमा पक्राउ परेकी ३२ बर्षिय जापानी युवतिले आँफु पनि बादलसंगै मर्न चाहेको बयान दिएकी हुन।

जापानी संचारसंस्थाहरुमा प्रसारित समाचारमा घटना भएको दिन नै उनलाई एक पसलबाट दुईवटा चक्कु चोरी गरेको आरोपमा पनि पक्राउ गरिएको थियो, जतिबेला उनले ‘प्रेमीसँगै मर्न चाहेको र मर्ने भएपछि चोरी गरे पनि फरक नपर्ने’ भनी स्वीकारेकी थिइन्।

भाषा विद्यालयमा अध्ययनरत बादलको मृत्युको कारण मुटु र कलेजोमा चोट पुगेर भएको उच्च रक्तस्राव रहेको बताइएको छ ।

यो घटनालगत्तै जापानबासी नेपालीहरुमाझ सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा सजाय हुनुपर्ने माग उठिरहेको छ । युवतीले उक्त बयान दिए पनी प्रहरीले हत्याको वास्तविक मनसाय र घटनाक्रमबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

यसमा तपाईको प्रतिक्रिया