आइतबार, कार्तिक १०, २०८२

अनेसास जापानले ११७औँ लक्ष्मी जयन्तीको अवसरमा साहित्य कार्यक्रम गर्दै

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास जापान च्याप्टरले ११७ औँ महाकवि लक्ष्मी जयन्तीको अवसर पारेर ७७ औँ नियमित साहित्य शृङ्खला आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम २६ अक्टुबर २०२५, आइतबारका दिन जापानको सोल्मारी हल शिनओकुबोमा हुनेछ।
कार्यक्रममा साहित्यपोस्ट एप्लिकेशनको उद्घाटन, खुला रचना वाचन र स्वागत तथा अन्तरक्रिया कार्यक्रम राखिएको आयोजक संस्थाले जानकारी दिएको छ।
यस अवसरमा साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाको प्रमुख अतिथिको रूपमा उपस्थित रहनुहुनेछ।

जापानको व्यस्त समयका बाबजुद पनि सहभागिताले हामीलाई थप उर्जा, हौसला र प्रेरणा प्रदान साथै कार्यक्रमको गरिमा र प्रभाव अझ बढ्नेछ । यस अर्थपूर्ण र सृजनात्मक कार्यक्रममा गरिमामय उपस्थितिको लागि अनेसास जापान च्याप्टरले हार्दिक निमन्त्रणा गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया