आइतबार, कार्तिक १०, २०८२

स्याङ्जा समाज जापानले अक्टुबर १९ तारिख टोकियोमा देउसी–भैलो कार्यक्रम गर्ने

टोकियो । जापानमा हुर्कँदै गरेका बालबालिकाहरुबीच तिहारको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले स्याङ्जा समाज जापानले अक्टुबर १९ तारिख आईतबार सुगामो स्थित राईनो किचनको सभा हलमा “देउसी–भैलो कार्यक्रम २०२५” आयोजना गर्ने भएको छ।

समाजका महासचिव सागर मणि न्यौपानेका अनुसार, नेपाली चाडपर्व तिहार (शुभ दीपावली) को मूल सांस्कृतिक अंश मानिने देउसी–भैलो परम्परालाई जापानमै जगेर्ना गर्ने र नयाँ पुस्तालाई यसको महत्व बुझाउने लक्ष्यसहित कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा परम्परागत देउसी–भैलो प्रस्तुतिसँगै सांस्कृतिक कार्यक्रम, शुभकामना आदान–प्रदान तथा समुदायबीच भेटघाटको अवसर पनि रहनेछ।

यसमा तपाईको प्रतिक्रिया