टोकियो । नेपाल मगर संघ जापानको २२औं केन्द्रीय महाधिवेशन आज अक्टोबर ११ तारिख हुने भएको छ।
संघले आफ्नो २१ औं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै नयाँ समिति चयन गर्न आज टोकियो स्थित ईकेबुकुरोमा रहेको तोशिमा वार्ड प्रदर्शन कला केन्द्रको सभाहलमा महाधिवेशन गर्न लागेको हो।
सन् १९९५ मा स्थापना भएको नेपाल मगर संघ जापानले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै तिन दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको नेपाल मगर संघ जापानका केन्द्रीय महासचिव भिक्टर ठाडा मगरले जानकारी दिनुभयो।
नेपाल मगर संघ जापानको २२औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेपालबाट नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको गरिमामय उपस्थितिमा विशेष सम्बोधन सहित उद्घाटन गर्ने संघ जापानका अध्यक्ष रामहरि खपाँगी मगरले जानकारी दिनुभयो।
मगर संघले स्थापनाकाल देखी नै आफ्नो मुख्य पर्वहरु माघे संक्रान्ती, भूमे पर्व लगायत नेपाली संस्कृती झल्किने विभिन्न सांगितिक कार्यक्रम तथा सामाजीक कार्य गर्दै आईरहेको छ। जापानभरबाट नेपाल मगर संघले आफ्नो ६ क्षेत्रीय समिति लगायत अन्य क्षेत्रबाट मगरहरुको उपस्थिति हुने छ ।