टोकियो । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को अध्यक्ष निर्वाचनमा पूर्व आन्तरिक मामिला मन्त्री सानाए ताकाइची विजयी भएकी छन्।
तत्कालीन प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिएपछी पार्टीको नेता हुँदै ताकाइची देशको आगामी प्रधानमन्त्री बन्ने निश्चित भएकी हुन । ६४ वर्षीया ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
शनिबार भएको निर्वाचनमा कृषि मन्त्री शिन्जिरो कोइजुमीलाई पराजित गर्दै ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त गरेकी हुन् ।
उनको कडा कूटनीतिक र सुरक्षा अडानले चीन र दक्षिण कोरियाजस्ता एसियाली छिमेकीहरूसँग नयाँ तनाव उत्पन्न गर्ने अपेक्षा गरिएको छ । गक्त पार्टीको आन्तरिक निर्वाचनमामा ताकिइचीले १८५ मत प्राप्त गरिन् भने कोइजुमीले १५६ मत पाए ।
जुलाईमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले आफ्नो कनिष्ठ साझेदार कोमेइटो पार्टीसँग मिलेर संसदको दुवै सदनमा बहुमत गुमाएपछि बढ्दो राजनीतिक अनिश्चितताका बीच यो नेतृत्व दौड भएको हो । सन् १९५५ मा एलडीपीको स्थापना भएयता यस्तो अवस्था पहिलो पटक आएको हो । ‘एलडीपीले नयाँ युगको सुरुवात गरेको छ,ताकाइचीले निर्वाचित भएपछि आफ्ना सहकर्मी सांसदहरूलाई भनिन् ।
ताकाइचीको कार्यकाल दुई वर्षको हुनेछ, सेप्टेम्बर २०२७ सम्म । उनले इशिबाको मूल तीन वर्षको कार्यकालको बाँकी अवधि पूरा गर्नेछिन् ।