जापान । नेपालमा फुलपातिको दिनबाट प्रर्दशनमा आएको बहुचर्चित चलचित्र ‘बलिदान’ जापानको २ दर्जन शहरमा प्रदर्शनको तयारीमा छ । जापानको सेभेन सामूराई इन्टरनेशनल कम्पनीले ब्यवस्थापन गरि जापानको मुख्य शहरमा प्रदर्शनीको तयारी थालेको हो।
जापानको राजधानी टोकियोमा अक्टुबर ५ , नागोया अक्टुबर ३, फुकुओका र हिरोशिमा अक्टुवर २, कोबेमा अक्टुबर ४, शिज़ुओका अक्टुबर ४, ओकिनामा अक्टुबर ६, नारिता अक्टुबर ५ , फुनावासी अक्टुबर ५, तोचिगी अक्टुबर ७,अबिको अक्टुबर १२ साईतामा अक्टुबर ४, योकोहामा अक्टुबर १९ तारिख मिति तय भएको सेभेन सामूराई इन्टरनेशनल कम्पनीका सिईओ रेशम डंगोलले जानकारी दिनुभयो ।
सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ दसैंको फूलपातीबाट रिलिज भएसंगै अभिनेता समीर भट्टको धुवाँदार एक्सन दृश्यहरू, स्टारडम र मिहेनत चर्चा आएके छ ।
समीर डेब्यु फिल्म ‘१२ गाउँ’ले व्यावसायिक सफलता हासिल गरेसँगै उनी लोकप्रिय बनेका थियो। पोस्टरमा उनी एक्सन अवतारमा छन् । यो एक्सनप्रधान फिल्म हो । निर्देशक सेन आफूले अहिलेसम्म सबैभन्दा धेरै मेहनत गरेको फिल्म ‘बलिदान’ भएको बताउँछन् ।
फिल्ममा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ ।
बलिदान फिल्ममा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
टोकियोमा नेपाली चलचित्र ‘बलिदान’ को अक्टुबर ५ मा प्रिमियर शो हुँदै
जापान । नेपाली चलचित्र ‘बलिदान’ टोकियोमा विशेष रूपमा प्रदर्शन हुने भएको छ। पवन ब्राडफोर्ड बिष्टाले निर्माण गरेको र कार्यकारी निर्माता प्रेम पुरी रहेको यस फिल्मलाई Tokyo Dreams Entertainment ले Seven Samurai International सँग सहकार्यमा जापानमा ल्याउन लागेको हो।
चलचित्रको Tokyo Show आगामी अक्टुबर ५ मा Humax Cinemas Ikebukuro मा आयोजना हुनेछ।
थप जानकारीका लागि 080-4355-5258 मा सम्पर्क गर्न सकिनेछ।