टोकियो । नेपाल मगर संघ जापानको २२औं केन्द्रीय महाधिवेशन आउदो अक्टोबर ११ तारिख शनिबारका दिन हुने भएको छ।
संघले आफ्नो २१ औं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै नयाँ समिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै टोकियो स्थित ईकेबुकुरोमा रहेको तोशिमा वार्ड प्रदर्शन कला केन्द्रको सभाहलमा अधिवेशन गर्न लागेको हो।
सन् १९९५ मा स्थापना भएको नेपाल मगर संघ जापानले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै तिन दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको नेपाल मगर संघ जापानका केन्द्रीय महासचिव भिक्टर ठाडा मगरले जानकारी दिनुभयो।
जापानभर नेपाल मगर संघले आफ्नो ६ क्षेत्रीय समिति विस्तार गरिसकेको छ,भने सेन्दाईमा पनि क्षेत्रिय समितिको चाडैँ विस्तार गर्ने तयारी भैई रहेको जनाएको छ।
नेपाल मगर संघ जापान क्षेत्रिय समितिको अधिवेशनले गुम्मा केनको अध्यक्ष पदमा बालकृष्ण पुर्जा मगर लाई चयन गरेको छ भने क्षेत्रिय समिती सिजुओका केनको अध्यक्षमा शोभा पुर्जा मगर यस्तै क्षेत्रिय समिति तोकाई (नागोया) को अध्यक्ष पदमा रोशन थापा मगर चयन गरेको थियो। क्षेत्रिय समिती कान्साई ( ओसाका )को अध्यक्षमा पूर्ण गर्बुजा मगरलाई चयन गरेको छ भने क्षेत्रिय समिती क्युस्यु (फुकुओका) केनको अध्यक्ष पदमा युकेश राना मगर र क्षेत्रिय समिती ओकिनावामा अध्यक्ष पदमा राम बहादुर थापा मगरलाई चयन गरिएको छ ।
मगर संघले स्थापनाकाल देखी नै आफ्नो मुख्य पर्वहरु माघे संक्रान्ती, भूमे पर्व लगायत नेपाली संस्कृती झल्किने विभिन्न सांगितिक कार्यक्रम तथा सामाजीक कार्य गर्दै आईरहेको छ।
नेपाल मगर संघ जापानको २२औं केन्द्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न शाखाका अध्यक्ष, पदाधिकारीहरु एवं सदस्यहरु, संस्था सम्बद्ध सल्लाहकारहरु, विभागीय प्रमुखहरु, खेलाडीहरु, संस्थाका समस्त शुभचिन्तक, मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागी संघका अध्यक्ष राम हरि खपाँगी मगरले अनुरोध गर्नु भएको छ।

