सोमबार, माघ २७, २०८२

दशैंको घटस्थापना भोली, जापानमा टीकाको उत्तम साइत अक्टुबर २ को बिहान ११:३१

टोकियो । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ ।

यसैबीच शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको उत्तम साइतबारे जानकारी गराएको हो । जापानमा टीकाको उत्तम साइत अक्टुबर २ को बिहान ११:३१ जुरेका छ ।

जस अनुसार, भारतमा ११:४९, अमेरिकाको न्युयोर्कमा ११:२५, अमेरिकाको फ्र्यांकफर्ट, केन्टुकीमा ११:५७, टेक्सासमा ११:३३, क्यालिफोर्नियामा ११:११, क्यानडाको टोरेन्टोमा ११:११, अष्ट्रेलियाको सिड्निमा ११:४३ बजेको साइत उत्तम रहेको जनाएको छ ।
२०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।