जापान । साहित्यकार तीर्थ श्रेष्ठको एकल कविता वाचन जापानको टोकियोमा सम्पन्न भएको छ । टोकियोमा आयोजित एकल कविता बाचन कार्यक्रममा श्रेष्ठले आफ्ना चर्चित रचना वाचन गर्नु भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान र कास्की पोखरा समाज जापानले एकल कविता वाचन आयोजना गरेका थिए।
जापानका साहित्य अनुरागि विच श्रेष्ठले आमा, हिउँमा लेखिएको नाम, लाहुरेको चिठी, लयमा लगायतका दर्जनौ कविता बाचन गर्नुभएको थियो ।
प्रसिद्द साहित्यकार श्रेष्ठका हिउँमा लेखिएका नामहरु, जिन्दगीको कुरुक्षेत्र, महाभारतमा गीतहरु मुक्तक संग्रह, मेरै हिमालजस्तो गित संग्रह प्रकाशित छन् ।
कार्यक्रममा राजदुत दुर्गा बहादुर सुवेदी, एनआरएनए आईसिसिका उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका पुर्व अध्यक्ष शिवप्रसाद पौडेल, अन्तर्राष्ट्रिय नेपालि साहित्य समाजका निवर्तमान अध्यक्ष प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम साहित्य समाज जापान च्याप्टर अध्यक्ष अरुण पौडेलको अध्यक्षता, उपाध्यक्ष दिपा घिमिरेको स्वागत मन्तव्य तथा महासचिव अनिल कुमार निर्दोषको सञ्चालनमा सम्पन्न भएको थियो ।

