काठमाडौं । मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । गोदावरीको सनराइज हलमा शनिबार भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।
डन ट्रेजरद्वारा आयोजित मिस नेपाल वर्ल्ड(२०२५ को उपाधि लुइटेलले हात पार्दै मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी हुन्।
प्रतियोगितामा दिपशिखा नेपाल फस्ट रनरअप, उरुषा भण्डारी सेकेन्ड रनरअप र सोनी घले थर्ड रनरअप बनेका छन्। थर्ड रनरअप घलेले आगामी मिस अर्थमा नेपाललाई प्रतिनिधित्व गर्दै फिलिपिन्स जानेछिन् भने सेकेन्ड रनरअप भण्डारीले जापानमा हुने प्रतियोगितामा, मिस कजमो नेपाल भण्डारीले भियतनाममा हुने प्रतियोगितामा सहभागिता जनाउने छन्।
यसअघि २६ जना प्रतिस्पर्धी सहभागी भएका प्रतियोगिताबाट पहिलो चरणमा १२ जना र त्यसपछि ४ जना छानिएका थिए। अन्ततः उत्कृष्ट ४ मध्येबाट लुइटेल विजेता बनेकी हुन्।

