दुई पटक सम्म क्षेत्रिय समितिमा रहि काम गरिसकेका लामिछानेको घोषणापत्रको शार उनैको भाषामा यस्तो रहेको छ ।
आदरणीय जापानबासी नेपालीजन, सबैमा नमस्कार !
जापानको सन्धर्भमा २००४ सालमा, नेपालीहरुको त्यति धेरै बाक्लो संख्या नहुदै स्थापना भएको गैर आवासीय नेपाली संघ आज २०१७ सम्म आइपुग्दा पुग-नपुग जापान स्थित करिव ८० हजार नेपालीहरुको साझा सस्थाको रुपमा रही आएको छ । अनेक उतार-चडापका बाबजुत आफ्नो एेतिहासिक अस्थित्वलाइ बचाई राखेर आजको दिनसम्म लियर आउनु आफैमा एक सराहनीय कार्य भएकाले संसारभरका निमित्त यसका हकदार आदरणीय देवमान हिराचन ज्यु, एनआरएन जापानका सस्थापक आदरणिय राजन प्रधानांगज्यु लगाएत यस अभियानका अभियन्ताहरु सबैसबैमा हार्दिक नमन गर्न चाहन्छु ।
नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ अग्रजहरुबाट सुरुवात गरियको यस अभियानमा जापान प्रवेश गरेलगत्तै प्रत्यक्ष र अप्रत्यक्ष होमिने मौका पाए । २००९ साल बाट अभियानमा लाग्दै गर्दै सस्थाको लागि मैले यो गरे र त्यो गरें भन्नु पुर्व यस अभियानबाट म आंफुले धेरै कुराहरु प्राप्त गरेको छु । अभियानबाट मैले व्यक्तिगत रुपमा धेरै कुराहरु सिक्ने मौका पाएको छु । सबै ले एनआरएनमा लिन हैन दिन जाने हो भन्दै गर्दा, एस अभियानमा मैले समय दिएको छु, केहि आर्थिक रुपमा हुन सकेको सहयोग गरेको छु तर मैले धेरै कुरा हरु प्राप्त गरेको छु र अझै थुप्रै ज्ञान गुनका कुराहरु सिक्ने छु जस्तो लागेको छ । मैले स्कुल पढ्न छोडेको त धेरै भैसक्यो तर मलाई र मेरो लागि यो परदेशमा एउटा स्कुल बनेको छ र यसका असल अनि कुशल अभियन्ता मेरा लागि गुरु समान भएका छन । अर्को पाटो बाट हेर्ने हो भने एनआरएनए एउटा अभिभाबक पनि हो, विदेश को ठाउंमा कसैलाई दुखबिमार होस वा मर्दापर्दा, सबै भन्दा पहिले यसैले सबैको काँध थापिआएको छ । यसै अभियानमा होमिने क्रमलाइ जारी राख्दै यस्पालि गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्मंवय समिति जापन २०१७-२०१९ का लागि सचिब पद मा उमेद्वारी दिने निधो गरेको हुनाले यहाँहरुको सल्लाह, सुझाब, साथ र समर्थनको अपेक्षा गर्दछु ।
१- उमेद्वारीको आधारहरु
• जापान आए लगतै एनआरएनमा लागेको र क्षेत्रिय सदस्य हुंदै २ पटक क्षेत्रिय समितिको सचिब मा बसेर काम गरेको हुनाले ।
• एनआरएनए जापानको क्षेत्रीय समितिहरु रहेको १३ वटा क्षेत्रमध्ये आफु सबैजसो क्षेत्रमा गैसकेको हुनाले हरेक क्षेत्र संग सहकार्य गर्दै केन्द्र संग नजिक रहेर काम गर्न सक्छु भन्ने लागेको हुनाले ।
• फुर्सदिलो समय प्रसस्थ भएको र हाल टोक्योमा रहिआएको हुँदा सस्था को लागि जुन कुनै पनि बेला समय निकालेर खटिनु सक्छु भन्ने लागेकोले ।
• म आफु पनि पहिले स्वयम बिद्यार्थी जिबन पार गरेर आएको हुनाले केहि हद सम्म बिद्यार्थीवर्गलाइ सम्बोधन गर्न सकिन्छ कि भन्ने लागेको हुनाले ।
• व्यवसाहिक जिबनको उतारचडाबको क्रममा, यस बिचमा गरेको रेस्टुरेन्ट व्यवसायको अनुभवले धेर-थोर कुक तथा कामदार को मनका भाव हरु साटासाट गर्दै गर्दा, भैपरी आउंदा आंफ्नो उक्त अनुभवलाई सकारात्मक भूमिका निर्वाह गर्न सकिने सम्भावना भएकाले ।
• म एक राजनैतिक सस्कार बाट आएको हुनाले मलाई बिधि-बिधान र नियम-कानुन को अनुसरण गर्नु पर्छ भन्ने राजनैतिक चेतना छ, जसले गर्दा प्रजातान्त्रिक अभ्यासमा विस्वाश गर्दै संगठनमा आबध्द हुनुहुने अग्रजहरुलाई सम्मान गर्दै, सोहि अनुसारको पद्दतिलाई अनुसरण गर्न गराउन अहम भुमिका निर्वाह गर्ने चाहा भएकाले ।
• नेपाल रहदा, सरकारी स्कुल र बोडीन इस्कुल गरि करिब ७ वर्ष शिक्षक पेशामा रही काम गरेको अनुभव भयकाले
• नेपालमा आफ्नो जिल्ला को क्लब देखि लिएर जापानमा विभिन्न सामाजिक संगसस्था को सचिब मा रहेर काम गरेको अनुभव भएकाले ।
• जापान आएर एनआरएन मा जोडीए संगै एनआरएन को हरेक अभियान मा तन, मन र धन ले सहयोग गर्दै आईरहेको हुनाले ।
•
२-मेरो उमेद्वारि किन ?
• युवा पुस्ताको प्रतिनिधित्व गर्न
• एनआरएनबाट धेरै कुरा सिक्ने मौका पाएं र अझै पनि थप कुरा सिक्न
• हालसम्म काम गरेको अनुभव, काम गर्ने खुबी र जापान भर एक किसिमको नेटवर्क भएकाले
• आगामी अक्टोबर मा काठमाडौँ मा हुने एनआरएन ग्लोबल सम्मेलन मा जापान बाट नेत्रित्व तहमा जाने तयारी गरिरहनु भएका सबै पद, तह र तप्काका अग्रज अभियन्ताहरुलाइ आफ्नो अन्तरास्ट्रिय नेटवर्क प्रयोग गरि विजय हासिल गराउन, ( जसमा कम्तिमा पनि १०० देखि १५० मतदाता असर पार्न सक्छु भन्ने आत्मविश्वास पुरा गर्न )
• यही पदमा अरु कोहि भन्दा म आफुले थप केहि हद सम्म थोरै बढि गर्न सक्छुकि भनेर
३- निर्वाचन भएमा जित्ने आधारहरु
• जापानमा भएका मुख्य राजनैतिक दलका भात्रि संगठनहरुको एक साझा उमेद्वार भएकाले
• जापान को १३ ओटा क्षेत्रिय कमिटी जुन सबै निर्वाचन क्षेत्र हुनेछन, होक्काइदो बाहेक को सबै जसो क्षेत्र मा पुगेको छु, र यो बीच मा होक्कोइदो पनि जाने छु, म संग निर्वाचन लड्न को लागि कम्तिमा पनि जित्ने हो भने कुनै एक क्षेत्रमा पउंच भएको व्यक्तिमात्र नभई म भन्दा राम्रो, सबै ठाउमा नेटवर्क भएको व्यक्ति जो विधिविधान अनुरूप नै आउनु पर्ने हुन्छ, जुन कुरा अहिलेको समय र परिस्थिथि अनुसार प्राय असम्ब्भव देखिएको हुनाले
• सचिब पदमा आउन मिल्ने र आउन सक्ने सबै क्षेत्रका एनआरएनए अग्रज तथा साथीहरुसंग सल्लाह गरेर मात्रै मैले उमेद्वारी दिएको हुनाले अब उमेद्वारी दिनुहुने जो कोहिले पनि सोहि व्यक्तिहरु संग नै अनुरोध गर्नुपर्ने हुदा, त्यस्मा एक कदम अघि रहेकोले
• एनआरएनए आइसीसी, एनसीसी, जापानमा भएका सामाजिक संग सस्थाहरु, राजनैतिक दलका भात्री संगठन, बुद्धिजिबी, अभियन्ता, इस्टमित्र, आफन्त र साथीभाइहरु सबैसबैसंग करिब ३ महिना अघि नै रायसल्लाह पश्चात मात्र उमेद्वारी दिएको हुनाले
• म स्वदेश रहंदै गर्दा अध्यापन गराएका करिब ४५० जना बिद्यार्थी जो अहिले विभिन्न विधामा जापान मा रहदै आएका छन्, सबै ले उमेद्वारी दिन हौसला प्रधान गरेकाले
४- जितेर के गर्ने ? नजिते के हुन्छ ?
• निर्वाचनको मुखमा मात्र सदस्यता वितरण गर्ने परम्पराको अन्त्य गर्दै जुन कुनै पनि बेला एनआरएनको सदस्य हुन पाउने व्यवथ्था गर्न गराउन पहल गर्नेछु
• भोलिका दिनमा आउने नेत्रित्व लाइ अहिलेको कार्यकालमा भएका राम्रा कामहरु जस्तै, एनआरएन भबन निर्माणार्थ सहयोग संकलन, भूकम्प पिडित लाइ राहत संकलन, ५ करोड को अक्षय कोष, बार्षिक हुने नेपाल फेस्टिवल, आपतकालिन अवस्थामा प्रतेक सस्था बाट १/१ मान, अनलाईन फम लगाएतका काम हरुलाई निरन्तरता दिन अनुरोध र नराम्रा कामहरु जस्तै १ व्यक्ति ले नै एक्मुस्ठ शुल्क राखेर सयौको सदस्यता बनाउने प्रब्रृद्दि, निर्वाचनअघि मात्रै सदस्यता वितरण गराउने, बिधि-बिधानको पालना नगर्ने र नगराउने जस्ता कामहरुलाइ खबरदारीमा पहलकदमी राख्नेछु ।
• म सचिब हुने नाताले अवस्य पनि महासचिवको कामकारबाहीलाई सहज र सबल बनाउन बिधि र बिधानबाट बाहिर नगई हर तरहको भूमिका निर्वाह गर्नेछु
• कोट टकटकाए धेर-थोर धुलो जो कोइ को पनि झर्छ, त्यसमा पनि भगवानलाइ त यहाँ गल्ति औलाउदै यो मेरो र यो तेरो भन्न थालिएको छ भने म मा कमि कमजोरी बेगरको म पक्कै पनि छैन । ममा भएका कमि कमजोरीहरुलाइ सच्चाउंदै जानेछु ।
• निर्वाचन प्रक्रियामा गईसके पश्चात हारजित भन्ने कुरा स्वभाबिक कुराहरु भएकाले कथंकदाचित पराजय भए भने पनि आफु निरन्तर रुपमा यस अभियानमा लाग्नेछु ।
५-एनआरएनमा मेरो लगानी
• एनआरएनए भबन निर्माणको लागि – ३०,००० एन
• नेपाल फेस्टिवल २०१६ मा – ५०,००० एन
• एनआरएनए जापानको तर्फबाट नेपाल र नेपालीको लागि भएको हरेक राहत संकलन को अभियानमा आफ्नो दक्ष अनुसार २,००० देखी ५,००० सम्म सहयोग गर्दै आईरहेको छु
भवदिय
बाशुदेव लामिछाने
सचिव पदका उम्मेदवार
एनआरएनए जापान २०१७-२०१९