टोकियो । गुल्मेली समाज जापानद्वारा अगस्ट १८ तारीख इकेगामी हलमा तीज दर खाने र नेपालका चर्चित गायक खुमन अधिकारी, गायिका शिवा केसी र स्थानीय कलाकारहरूको साथमा तीज धमाका २०२५ कार्यक्रम भब्य तयारी गरेको छ ।
गुल्मेली समाज जापान क्षेत्रीय समिति, कान्तो र भीम फाउंडेशनको सह-आयोजनामा निशुल्क तीज दर र सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीका अनुसार गुल्मेली समाज जापान क्षेत्रीय समिति, कान्तो र भीम फाउंडेशनको सहकार्यमा आयोजना हुने यस महत्वपूर्ण कार्यक्रमले गुल्मेली समाज जापान लगायत समग्र जापानवासी दिदिबहिनीहरुलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन समेत सादर अनुरोध गर्नु भएको छ ।
नेपालीहरूको मौलिक पर्व तीज मनाउन लागिएको हुदा गुल्मेली तथा इच्छुक नेपालीलाई सहभागिता जनाउनको लागि अध्यक्ष अधिकारीले अनुरोध गरेका छन्।
प्रवासमा नेपाली बिच आत्मिय सम्बन्ध बढाउन एक आपसमा परिचित हुन सामाजिक कार्यमा हातेमालो गर्न साथै आपसमा सहयोग आदानप्रदान गर्न यस तीज कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

