टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा संस्थागत एकता, समृद्धि र सम्भावना भन्ने मूल नारासहित संघ–संस्थाका नेतृत्वसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शनिबार टोकियोमा संघ–संस्थाका नेतृत्वसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले गर्नुभएको थियो । सो अवसरमा जापानका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि रहनुभएको थियो भने, एनआरएनए अन्तरिम समिति अध्यक्ष महेश श्रेष्ठ र आइसिसी उपाध्यक्ष रोबिन सेरचन विशिष्ट अतिथि रहेका थिए ।
सम्बोधनका क्रममा अतिथिहरूले एनआरएनए जापानले समुदायबीचको एकता, सहकार्य र संस्थागत समृद्धिलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै भविष्यका सम्भावनाबारे महत्वपूर्ण विचार व्यक्त गर्नुभयो।
त्यस्तै, जापानमा सक्रिय विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि आफ्ना धारणा राख्दै एनआरएनए जापानसँगको सहकार्य, भावी रणनीति र साझा यात्राबारे विस्तृत छलफल गरेका थिए । सहभागीहरूले साझा उद्देश्यका लागि संवाद, समन्वय र सहकार्यलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य, संस्थागत परिचय, शुभकामना मन्तव्य, अतिथिहरूको सम्बोधन तथा खुला अन्तरक्रिया सत्र समेत सम्पन्न भएको थियो।
समापनमा कार्यक्रमका सभाध्यक्ष लामिछानेले सबै अतिथि, सहभागी तथा सहयोगी संघ–संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै संस्थागत एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सक्रिय संघ–संस्थाको उत्साहजनक सहभागिता र गहन विचार–विमर्शबीच सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा जापानस्थित नेपाली समुदायबीचको सम्बन्ध र सहकार्यलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।

