काठमाडौं । मनखुशी फाउन्डेसन बागमती प्रदेशको आयाेजनामा रहेकाे “नेपाल नेशन्स अवार्ड २०२५” काे लागि आवेदन फाराम भर्नेकाे लर्काे लागेको छ । प्रदेश सरकार र स्थानीय सरकारहरुसँगकाे समन्वयमा राष्ट्रिय गाैरवका रुपमा अायाेजित “नेपाल नेसन्श अवार्ड २०२५”काे लागि आवेदन दिनेकाे संख्या हालसम्म चार सय नाघेको अवार्डकाे सचिवालयले जनाएको छ । आगामी भाद्रकाे अन्तिम साता नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सम्पन्न गरिने अवार्ड उक्त अवार्ड भव्य रहने आकलन गरिएको छ ।
राष्ट्र र राष्ट्रियताका निमित्त निरन्तर संस्कृति, खेलकुद, कला, चलचित्र, गीतसंगीत, प्रविधि, पर्यटन, सञ्चार, श्रृङ्गार, कृषि, सामाजिक सेवा लगायतका क्षेत्रबाट याेगदान प्रदान गर्दै आउनु भएकाे व्यक्ति र व्यक्तित्वहरुलाई एउटै मञ्चमा उत्साह, सम्मान, स्वाभिमान साथै राष्ट्रिय गाैरवका रुपमा चिनाउने र पुरस्कृत गर्ने उदेश्यले अवार्ड आयाेजना गरिएकाे फाउन्डेसनका सभापति करण तामाङले जानकारी दिएका छन् ।
अवार्डकाे फाराम संकलन गर्ने कार्य भईरहेकाले छुट्नु भएकाे छ भने स्वदेश तथा परदेशमा रहनु भएको सम्पुर्णले फाराम भरी समन्वय गर्न सभापति करण तामाङले अनुराेध समेत गरेका छन् । फाराम भर्ने समय अझै एक हप्ता थपेर भाद्र नाै गतेसम्म तय गरिएको र उत्कृष्ट पाँच घाेषणा भाद्रकाे १३ गते सार्वजनिक गर्ने भएको छ । अवार्डमा चलचित्र, गीत-संगीत, खेलकुद, पर्यटन, सामाजिक सेवा, कम्पनी, उद्योग, सञ्चार, उद्यमी, कृषि लगायतका क्षेत्रका व्यक्तिहरूलाई अवार्ड प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।



