ललितपुर । गोदावरी नगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष राज घिमिरेले आफ्ना वडामा रहेका नहरबासी लगायत भूमिहीन सुकुम्बासीको निस्सा लगायत प्रमाणसहित जिल्ला प्रशासन कार्यलाई ज्ञापन पत्र बुझाउनुभएको छ ।
बुधबार वडा अध्यक्ष घिमिरेले वडा( ३ का नहरबासी लगायत भूमिहीन सुकुम्बासीले प्राप्त गरेका निस्सा लगायत प्रमाणसहित ललितपुर जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी (सी.डी.ओ) प्रेम प्रसाद भट्टराईलाई वडा कार्यालयको तर्फबाट ज्ञापन पत्र बुझाउनुभएको हो ।
वहाँले वडामा रहेका नहरबासी र भूमिहीन सुकुम्बासीले निस्सा समेत प्राप्त गरी ५० औं वर्षदेखि बस्दै आएकोमा वास्तविक सुकुम्बासी प्रमाणीकरण र व्यवस्थापन गरि पुर्जा दिने कार्य गर्न आग्रह गर्नुभयो । साथै, वडाअध्यक्ष घिमिरेले बालेन सरकारले वास्तविक सुकुम्बासी पहिचान नगरी सुरुमै डोजर चलाउने कार्य गरिरहेकाले आफ्नो वडामा भने सुरूमै डोजर नचलाउन समेत प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको जानकारी दिए ।
साथै, वडा अध्यक्ष घिमिरे नहरबासी र भुमिहिन सुकुम्बासी बस्तीका सम्पूर्ण नागरिकलाई विशेषत बालबालिका तथा जेष्ठ नागरिकहरूलाई नआत्तिकन संम्यमित भई सबैजना एकजुट भएर बस्न आग्रह समेत गर्नुभएको छ ।
सरकारले काठमाडौँ र भक्तपुरको सिमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौँदेखि ओगटिएको सार्वजनिक जग्गा खाली गराउने काम सम्पन्न गरेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी जम्मा ९४१ घरटहरा भत्काइएको छ । सरकारी जग्गा संरक्षण अभियानअन्तर्गत सञ्चालन गरिएको यस कार्यबाट ठुलो सङ्ख्यामा सुकुम्बासी प्रभावित भएका छन्।
सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि संयुक्त राष्ट्रसंघका आवासको अधिकार सम्बन्धी विशेष प्रतिवेदक बालकृष्णन राजगोपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ।

