टोकियो,१५ साउन । जापानिज भाषा स्कुल संघको दोस्रो साधारण सभा ललितपुरको गोदावरी स्थित होटेलमा २०७४ श्रावण १४ गते सम्पन्न भएको छ ।
साधारण सभाले श्री सुनिल बज्राचार्यको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती चयन गरिएको छ। उपाध्यक्षमा प्रथम उपाध्यक्ष श्री बिशाल श्रेष्ठ द्धितिय उपाध्यक्ष श्री सुरज ठकुरी, महासचिबमा सचिबमा श्री रमेश देबकोटा,सचिबमा श्री अरुण पाण्डे, कोषाध्यक्षमा श्री ईन्द्र लामा र कार्यसमिती सदस्यहरुमा श्री दिल गुरुङ,ओमहरी प्रजापती चयन हुनु भएको छ। निबर्तमान अध्यक्ष शुभद्रा राजभन्डारीले निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिनु भएको कार्यक्रममा निर्वाचित पदाधिकारीहरुले जाल्सानले भबिस्यमा गर्ने कार्यक्रमको रुपरेखाको बारेमा छलफल भएको बताएको छ।
जाल्सानमा आबद्ध सदस्यहरुले नेपालमा जापानिज भाषाको प्रबर्द्धन, जापानिज भाषाको अध्यापन, जापानमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई जापानको बिभिन्न्न बिधामा परामर्श र सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक क्षेत्रमा सशक्त ढंगले सेवा पुर्याउन्दै आइरहेको छ ।