काठमाडौं । तीज गीत ‘सुनको चुराले’ युट्युबमा सार्वजनिक भएको छ । बसन्ती लामाद्वारा संगीतबद्ध गीतमा सपना बानियाँको शब्द तथा बसन्ती, राजा टाइगर र संगीता राईको गायन छ ।
सुन्दर लामाको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ छ । सम्पूर्ण लामाको बाँसुरी, अनिल मगरको ढोलक तबला र मादल छ । आदित्य बुढाथोकी निर्देशित म्युजिक भिडियोमा नृत्य निर्देशन राहुल बराइलीको छ ।
दिक्पाल कार्की, राज टाइगर, सुस्मा मगर, पुष्पा विशंखे र बसन्ती लामा गीतमा फिचर्ड छन् । तपाईं डान्सिङ शैलीको तीज गीतको पर्खाइमा हुनुहुन्छ भने यो गीत दर्शनीय हुनसक्छ ।
गीतकार बानियाँको यो चौंथो गीत हो । यसअघि उनले ‘लौन मलाई के दशा लायो, यही बुढी कचकचले ज्यान खायो’, ‘फुर्के जुंगा’ र ‘धरहरामा बस्यो मायाजाल’ बोलको गीत ल्याइसकेकी छन् ।

