शुक्रबार, मङि्सर २१, २०८१

किर्णाको टोकाईवाट कोरियामा एक नेपालीको मृत्यु

सोल,१५ साउन । कोरियाको बंगुर फार्ममा काम गर्ने एक युवाको अस्पतालमा उपचारक्रममा आइतबार निधन भएको छ । छनानको अस्पतालएक मा उपचार्थ धादिइ० निवासी २५ वर्षिय माइ० तामाङको निधन भएको हो । उनी इपिएसबाट १५ महिना अघि कोरिया आएका थिए ।
छुङनामको ख्वाङछन क्षेत्रका एक बुङगुर फर्ममा कार्यरत मृतक तामाङलाई चिन्दगी किर्णा नामक किराको टोकाइबाट निधन भएको चिकित्सकले शंका गरेको साथी रमेश पुनले बताए ।
एक साताअघि ज्वरो आउने, टाउको दुख्ने उल्टी हुने जस्ता लक्षण देखेपछि तामाङलाई साहुले अस्पताल पुराएको थियो । तामाङ कार्यरत नजिकैको अस्पतालले छनान रिफर गरेपछि उनी सो अस्पतालमा भर्ना भएका थिए । तीन दिन अघि उनी अचेत अवस्थामा पुगेका थिए ।
कोरियामा सो जंगली किरा चिन्दगीको टोकाइबाट हुने रोगको औषधी पत्ता लाग्न नसकेको कोरियन संचारमाध्यमले जनाएको छ । कोरियाको स्वस्थ्य सम्बन्धी तथ्यकं अनुसार हालसम्म चिन्दगीको टोकाईबाट १ सय ६० जना रोग ग्रस्त छन भने १९ जनाले ज्यान गुमाई सकेका छन् ।
मृतक तामाङको नेपालमा बुबा आमा , पत्नी र चार वर्षीय छोरा रहेको छन् ।