सोमबार, फागुन ०४, २०८२

गलकोट समाज जापान टोकियोले ताचिकावामा ‘तीज धमाका २०२५’ गर्दै

दिनेश थापा, टोकियो । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा “तिज धमाका २०२५” आयोजना गर्ने भएको छ।
गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा सांस्कृतिक एकता, शिक्षामा प्रतिवद्धता नामक पवित्र उदेश्य लिएर तिज धमाका २०२५” आयोजना गर्ने भएको छ। वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिला हरुको महान पर्व ‘हरितालिका तिज’ लाई यस वर्ष पनि भब्य रुपमा मनाउन लागिएको अध्यक्ष दिनेश थापाले जानकारी गराए।

नेपालबाट आमन्त्रित गित संगित तथा तिज गितमा विशेष रुपमा ख्याती प्राप्त राष्ट्रिय कलाकार गायीका द्वोय मेलीना राई, ईश्वर सिंह, देव साहानी र जापानमा कर्मथलो बनाउनु भएका स्थानीय कलाकारको रुपमा कुलविर थापा, सृजना कुंवर र ज्योति लोहनीको प्रस्तुती रहने अध्यक्ष थापाले जनाए। यसरि चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले हामी विदेशी भुमिमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी भाईचारा, सद्भाव र एकता क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नया पुस्ताका लागि एउटा पाठशाला हुने समेत थापाले बताए।

कार्यक्रम २०२५- अगस्ट २५ तारिक सोमबारका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको टोकियोको ताचिगावामा रहेको नेपाली समुदायलाई सहज रुपमा पुग्न सकिने TAMASHIN RISURU हलमा हुने जानकारी कार्यक्रम संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष ईश्वर बस्नेतले जानकारी गराए। विभिन्न बाध्यताले गर्दा हामी विदेशमा छौ तर हामी संसारको जुनकुनै स्थानमा रहे पनि हामी हाम्रो धर्म, कला र संस्कृति पटक्कै भुल्न सक्दैन सोहि अनुरूप विशेष गरि हरितालिका तिज हिन्दु नेपाली नारीहरुको माहान पर्व रहेको र यस पर्वमा विवाहित नारीहरु माईत जाने प्रचलन रहेको हुदा विदेशमा रहेका महिला दिदीबहिनीहरुलाई आफ्नै माईतको आगनमा पुगेर वर्षभरिका पिडा र बेदना भुलाएको महशुष हुने गरि कार्यक्रमको आयोजना गर्न लागेको वरिष्ठ उपाध्यक्ष बस्नेतको भनाई छ।

नेपाली महिला हरुको पर्व तिज कार्यक्रमलाई नेपाल कै अनुभुति हुने गरि यस पटकको तिज धमाका २०२५ आयोजना गर्न लागेको र सोहि अनुसार आन्तरिक तयारिहरु सुरुवात गरेको सचिव पवन बोहोरा क्षेत्रीले जानकारी दिए। विगतका वर्षहरुमा जस्तै यस पटक पनि टोकियोबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले कार्यक्रमलाई भव्य रुपमा सफल पार्नु हुनेमा कान्तो समिति पूर्ण रूपमा विस्वस्त रहेको बताउदै बिदेशी भूमिमा बर्ष भरिको थकान मेटाउन र आफ्नो नातागोता ,साथी भाईहरुको भेटघाटको साथै नेपाल बाट आमन्त्रित ख्याती प्रप्त कलाकारको बिचमा छमछमी नाचेर समेत रमाइलो गर्नको लागि सम्पूर्ण जापानी बासीहरुलाई आजै देखि उक्त दिनको लागि बिदा मिलाउनु हुन समेत सचिव बोहोराले अनुरोध गरेका छन।