बुधबार, बैशाख १२, २०८१

‘सानुमाया’मा केकी र विशालको अधुरो प्रेम(भिडियो)

काठमाडौं,१५ साउन । रंग पत्रकारितासँगै मोडलिङमा रमाउँदै आएका विशाल राई अभिनेत्री केकी अधिकारीसँग देखिएका छन् । गायक धन साम्पाङ राईको एल्बम ‘सानुमाया’मा समावेश शीर्ष गीतको भिडियोमा विशालले केकीसँग देखिएका हुन् । भिडियो अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथामाथि केन्द्रीत छ
अधुरो प्रेमलाई पुरा गर्न एउटा प्रेमीले गरेको तपस्यालाई म्युजिक भिडियोमा कथाको रुपमा उतार्ने काम गरेका छन्, निर्देशक राकेश किरातीले । सार्वजनिक भिडियोबारे निर्देशक राकेशले भने, ‘केकी र विशालको क्यामेष्ट्रि दर्शकहरुका लागि नयाँ हुनसक्छ ।’
हाल कोरियामा रहेका गायक धनो यो एल्बम कोरियामा हुँदै सार्वजनिक गरिएको थियो । यस गीतमा साम लिम्बुको शब्द तथा संगीत छ ।
यस म्युजिक भिडियोमा भुपेन्द्र सम्बाहाम्फे लिम्बुको सिनेमाटोग्राफी रहेको छ, भने बुद्ध थापा मगरले सम्पादन गरेका छन् । यस म्युजिक भिडियोमा गायिका तायाहाङमा राईको मेक–अप रहेको छ ।