आइतबार, कार्तिक १०, २०८२

`श्री पशुपतिनाथ माहात्म्य तथा महाअनुष्ठान २०८२´को धार्मिक अनुष्ठानसँगै निःशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौं । ऐतिहासिक पशुपति परिसरमा “श्री पशुपतिनाथ महात्म्य तथा महाअनुष्ठान २०८२” जारी रहेको छ। “अनेक दान एक समान कथा र पुराणमा दान र द्रव्यभन्दा पनि भाव चढाऔं” भन्ने मूल मन्त्रका साथ विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा जारी महाअनुष्ठान आगामी साउन ३१ गतेसम्म जारी रहने बताईएकाे छ ।

धार्मिक अनुष्ठानमा शिव महापुराण, श्रीमद्भागवत, श्रीराम कथा, श्रीमद्देवी भागवत, नेपाल माहात्म्य, श्रीरामायण चरित्रगाथा लगायतका विभिन्न ग्रन्थहरूको दिव्य वाचन भईरहेकाे आयाेजकले जनाएकाे छ । ९ वर्षीया विश्वकै कान्छी कथा वाचिका दिपसन सापकोटा, १५ वर्षीया आध्यात्मिक वाचिका देवी अभियान, योगमाया सखी जेरी लगायत चर्चित वाचकहरूको सहभागीता रहेकाे अनुष्ठाले सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा आध्यात्मिक ऊर्जा र सांस्कृतिक गहिराइ थपेकाे अनुभव भईरहेकाे छ।

यस, अनुष्ठान धार्मिक श्रद्धा, सामाजिक समर्पण र निःशुल्क स्वास्थ्य सेवाको अद्वितीय समन्वय बनेको छ। अनुष्ठानमा सहभागी भक्तजनका लागि निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ, जसको समन्वय पत्रकार तथा सामाजिक अभियन्ता राजन थापाले गरेका छन्।

उनका अनुसार अनुष्ठान अवधिभर प्रत्येक दिन विभिन्न विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क सेवा प्रदान गरिनेछ। स्वास्थ्य शिविरमा ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाले नेतृत्व लिएको छ।

साउन महिनाभरि चल्ने यो अनुपम आयोजनाले धर्म, सेवा र संस्कारको समन्वयात्मक उदाहरण प्रस्तुत गर्ने विश्वास आयोजकहरूले गरेका छन्। महाअनुष्ठानले धार्मिक, सामाजिक र मानवीय सेवाको त्रिवेणी साधना प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तन र प्रेरणा फैलाइरहेको छ।

धार्मिक र मानवीय सेवाको संगम महायज्ञमा सहभागी भक्तजनहरूले शालिग्राम शिलामा तिलक, पार्थिव शिवलिङ्ग दर्शन र हवन मण्डप पूजा जस्ता आध्यात्मिक अनुभव लिइरहेका छन्। कार्यक्रममा श्री हिन्दु प्रतिष्ठान नेपाल, ॐकार महाअभियान करौली शंकर पुर्वज मुक्ति धाम, र ॐ सनातन बोन झाँक्री संघ नेपाल लगायत संस्थाहरूको सक्रिय सहभागिता रहेकाे छ ।