शुक्रबार, बैशाख ११, २०८३

एनआरएनए जापानको खुल्ला सचिवमा बिनय गुरुङले उम्मेदवार दिने घोषणा

जापान । गैरआवासीय नेपाली संघ(NRNA) जापानको आगामी कार्यकाल(२०२५-२०२७)का लागि चुनावी मैदानमा बिनय गुरुङ उत्रिएका छन ।
एनआरएनए जापानको केन्द्रिय सदस्य, तमू धीं जापानको महासचिव,नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाका कान्तो क्षेत्रीय सचिव र दोलखा समाज जापानको पनि निबर्तमान सचिव पदमा रहेर जापानबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको हर दुःख सुखमा साथ र सहयोगका लागि अवरत्न रूपमा सक्रिय भई खटिरहने जमर्को पनि गरिरहेको बताए ।
गैरआवासीय नेपाली संघ(NRNA) मध्येँ एनआरएनए जापान सँग पनि विगत केहि वर्ष अगाडी देखि नै प्रत्यक्ष रूपमा जोडिएर यसै सामाजिक क्षेत्रमा सबै भन्दा बढि सक्रिय भई सामाजिक कार्यहरू गर्ने प्रयत्न पनि गर्दै आईरहेको कुराको जानकारी पनि अवगत गराउन चाहन्छु भने एनआरएनए जापानको निबर्तमान कार्यसमिति अर्थात (२०२१-२०२३)कार्यकालको लागि भएको राष्ट्रिय अधिबेशनमा पनि कार्यसमिति सदस्यको लागि प्रत्यक्ष रूपमा चुनावी मैदानमा उत्रिएका हुन ।
NRNA जापानको आगामी कार्यकाल(२०२५-२०२७)का लागि हुनगईरहेको राष्ट्रिय अधिबेशनमा “अबको एनआरएनएमा युवाको सहभागिता सहित पारदर्शिता,सक्रियता र शुद्धतामा मेरो प्रतिबद्धता”भन्ने मूल नाराका साथ खुल्ला सचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गरि लोकतान्त्रिक विधि अनुसार सम्पन्न हुने निर्वाचनमा सहभागिता जनाउने योजना बनाएको बर्तमान कार्यसमिति बिनय गुरुङले बताए।